संघीय राजधानीकै सडक हिलाम्ये (भिडियाे)

संघीय राजधानी काठमाडौँ भन्ने वित्तिकै एउटा तस्बिर दिमागमा आउँछ –चिल्ला सडक र ठुला महल । तर, यही राजधानीमा कयौँ यस्ता सडक छन् – जहाँ मानिसहरू हरेक दिन हिलोको महासागर पौडिएर दैनिक काममा जाने गर्दछन् । यो दयनीय अवस्थाको सडक कुनै ग्रामीण दुर्गमको होइन । यो दृश्य हो – तारकेश्वर नगारपालिका ३ स्थित चिसापानीको हरियाटार हुँदै तीनपिप्ले जोड्ने सडकको ।

यो हिलेसडकमा दैनिक विद्यार्थी बालवालिकासहित सयौँ मानिस ओहोरदोहोर गर्छन् । लड्दै हिलाम्ये भएर विद्यार्थीहरु विद्यालय जान वाध्य छन् भने स्थानीयकी पनि हिलाम्य छ । बस्ती बस्नु अगाडि नै सडक बनाउने अन्तराष्ट्रिय अभ्यासलाई अनुशरण गर्नु त कहाँ हो कहाँ, यहाँ त बस्ती, विद्यालय तथा तरकारी खेती, कुखुरा फार्म र अन्य कयौँ व्यवसायिक गतिविधि भइसक्दा पनि सडकको अवस्था भने दयनीय नै छ ।

गत स्थानीय चुनावमा यो सडकको पनि निकै चर्चा भएको थियो । स्थानीय नेता कार्यकर्ता मत माग्न टोलटोलमा पुग्दा सडक सुधारको लागि चिन्ता नगर्न भनेका थिए । तर ५ वर्षे कार्यकाल सकिन करिब १ वर्ष बाँकि रहँदा पनि अवस्था उस्तै छ ।

हरियाटार हुँदै तिनपिप्ले जोड्ने यो सडक कहिले बन्छ ? भनेर हामीले तारकेश्वर नगारपालिकाका प्रमुख कृष्णहरि मर्हजन, वडा नम्बर–३ का वडाध्यक्ष परशुराम अर्याल र स्थान्ीय टोलसुधार समितिका अध्यक्ष चित्र सारु मगरलाई सम्पर्क गरेका थियौँ ।

नगारपालिकाका प्रमुख मर्हजनले खानीजन्य बस्तुको अभावले तत्काल गाव्रेल सम्भव नभएको बताए । उनले जतिसक्दो चाँडो यस्ता अन्य धेरै सडक निर्माण गर्ने तयारी रहेको सुनाए । वडाध्यक्ष अर्यालले चालु आर्थिक वर्षमा उक्त सडकमा ढल हाल्न १ करोड ७० लाख खर्च गरिएको र आगामी आवमा अरु काम गरिने बताए । त्यस्तै, टोल सुधार समितिका अध्यक्ष चित्र सारु मगरले सडकमा कम हिलो होस् भनेर ग्रावेल गर्न स्थानीयहरुबाट ८५ हजार रकम संकलन गरिएको बताए ।

संकलित रकमबाट आधा खण्डमा गिट्टी–बालुवा हालेको उनको भनाइ छ । सारु मगरले भने, ‘९ लाख रुपैयाँ तत्काल विनियोजन गर्न माग फारम भरेका छौं, अब नगरले रकम दिने वित्तिकै ग्रोवेल हाल्छौं ।’

प्रतिक्रिया