रुकुमपूर्व केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

काठमाडौं । रुकुमपूर्व केन्द्रविन्दु भएर भूकम्प गएको छ । साँझ ४ बजेर ३० मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कोल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको धक्का रुकुमपूर्वसहित आसपासका जिल्लामा समेत महसुस गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । हालसम्म भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन ।

प्रतिक्रिया