कांग्रेसको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १ जेठमा बस्ने गरी स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

कांग्रेसले निरन्तर नाराबाजी गरेपछि जेठ १ गते बेलुका ६ बजे बस्ने गरी सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मागअनुसार बोल्न समय दिएपछि कांग्रेसले निरन्तर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले सदन अवरोध गरिरहेको छ । तर, सरकार समितिको पक्षमा छैन ।

सहमतिको मिलनबिन्दु खोज्न सभामुखसहित शीर्ष नेताहरुबीच पटक पटक वार्ता गरे पनि कुरा मिल्न सकेको छैन ।

प्रतिक्रिया