छिपहरमाईमा मेयर कप टी– २० क्रिकेट प्रतियोगिता सुरु

पर्सा । पर्साको छिपहरमाई गाउँपालिकास्तरीय मेयर कप टी– २० क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ । छिपहरमाई गाउँपालिकाको सहयोग र युवा समाज भिस्वा क्रिकेट कल्बको आयोजनामा भएको सो मेयर कप टी– २० क्रिकेट प्रतियोगिताको मंगलबार गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ताले ब्याटिङ गर्दै उद्घाटन गरेका छन् ।

प्रमुख अतिथि रहेएका अध्यक्ष गुप्ताले उद्घाटन गर्दै अबका युवाहरुलाई खेलकुदमा मात्र आवश्यकता नभर्ई देश चलाउनमा पनि युवाको आवश्यकता रहेको बताए । उनले युवाहरुको खेलकुदको माध्यमबाट शारिरिक र मस्तिष्क विकासका साथै गाउँपालिकाको नाम देश तथा विदेशमा चिनाउने उद्देश्यले खेलहरुलाई प्राथमिकतामा राखिएको बताए ।

गाउँपालिका– ५ भिस्वामा रहेको खेलमैदानमा भएको मेयर कप टी– २० क्रिकेट प्रतियोगितामा आयोजक क्रिकेट कल्ब भिस्वा र पकहामैनपुर गाउँपालिकाको सबैठवाबीच भएको टसमा आयोजक कल्ब भिस्वाले टस जितेर पहिला ब्याटिङ गर्दा दुई ओभरको खेलमा ११ रन बनाएपछि पानी पर्न लागेका कारण खेललाई रोकिएको आयोजक कमिटिका मनोज पटेलले जानकारी दिए ।

आज रोकिएको खेल भोलि बुधबार हुने आयोजकले जनाएका छन् । मंगलबार गाउँपालिका– ५ भिस्वाका वडाध्यक्ष मौजीलाल साह कानुको अध्यक्षतामा भएको टी– २० क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा उपाध्यक्ष लिलावती देवी कानु, प्रमुख प्रसाशकिय अधिकृत अशोक रौनियार, सशस्त्र प्रहरी बल लहावरथकरीका डिएसपी प्रेमबहादुर कठायत, वडाध्यक्ष कामेश्वर यादव, महेन्द्र साह कलवार, दिपेन्द्र सिंह, कार्यपालिका सदस्य, महिला, सदस्य, शिक्षकलगायतको सहभागिता रहेको थियो ।

उक्त मेयर कप टी– २० क्रिकेट प्रतियोगितामा ८ वटा टिमले भाग लिएको आयोजकले जनाएका छन् । भोलिको खेल छिपहरमाई गाउँपालिका र वीरगञ्ज १६ बिच हुने छ ।

प्रतिक्रिया