पाँचथर । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी पाँचथरको ८ओैँ जिल्ला अधिवेशनबाट पुनः मदन लावती सर्वसहमतबाट अध्यक्षमा निर्वाचित भएका छन् । लावतीको अध्यक्षतामा ४१ सदस्य जिल्ला कमिटी निर्वाचित भएको हो ।
नेकपा एमाले पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको सुक्रबार फिदिममा भएको अधिवेसनले पुनः दोस्रो कार्यकालको अध्यक्ष पदमा लावती सर्वसहमतिबाट निर्वाचित भए । अधिवेशनबाट उपाध्यक्षमा रितुवर्ण तुम्बापो, सचिव सुजन तुम्बापो, सहसचिव इल्लु मेन्याङबो र बेताब जबेगु तथा कोषाध्यक्षमा मनिला शेर्पा निर्वाचित भएका छन् ।
राष्ट्रिय युवा संघको ८ ओैं जिल्ला अधिवेसन केन्द्रीय अध्यक्ष क्षितिज थेबेको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रमको प्रमुख वक्ताको रुपमा नेकपा एमाले पार्टी केन्द्रीय स्थायी समिति सदस्य तथा जन संगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले सम्बोधन गरेका थिए ।
शुभकामना मन्तव्य कोशी प्रदेश सचिव राजकुमार भन्डारी, युवा संघ केन्द्रीय सदस्य निरोज पौडेल, युवासंघ कोशी प्रदेश सह–इन्चार्ज गणेश योङहाङले स्वागत गरेका थिए ।
एमाले जिल्ला अध्यक्ष बिष्णुप्रासद सापकोटा, अनेमसंघ जिल्ला अध्यक्ष मुना नेम्वाङ, युवा संघ कोशी प्रदेश सचिवालय सदस्य बाबुराम थापा लगायतले शुभकामना मन्तब्य राखेको एमाले जिल्ला कमिटी सचिव पृथ्वी लावतीले जानकारी दिए ।
प्रतिक्रिया