बारपाक फोटो प्रदर्शनी हेर्न पुगे डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा जारी बारपाक फोटो प्रदर्शनी अवलोकन गरेका छन् । शुक्रबार उनले प्रकाश चन्द्र तिमिल्सेनाले खिचेका तस्बिरहरुको प्रदर्शनी अवलोकन गरेका हुन् ।

प्रदर्शनी अवलोकनपछि उनले भूकम्प एउटा दुखद् तर महत्वपूर्ण घटना भएको बताउँदै यसलाई तस्बिरहरुले चित्रण गरेको बताए । यो भावी पुस्ताको लागि पनि उपयोगी हुने उनको भनाइ छ । उनी गोरखाकै स्थानीय हुन् ।

प्रतिक्रिया