पुशपतिनाथ मन्दिर दर्शनका लागि पुगे अनुपम खेर

काठमाडौं । बलिउड अभिनेता अनुपम खेर यतिबेला नेपालमा छन् । पछ्रिल्लोपटक चलचित्र ‘उचाइ’ को छायांकनका लागि नेपाल आइपुगेका खेरले पुशपतिनाथ दर्शन गरेका थिए ।

यसपटक पनि उनी पुशपतिनाथ मन्दिर दर्शनका लागि पुगेका छन् । अनुपम पशुपतिनाथको मन्दिर पुग्दा उर्जा मिल्ने बताउँछन्, ‘नमस्ते साथीहरू आज फेरि एकपटक मलाई काठमाडौंको भगवान पशुपतिनाथको मन्दिरमा दर्शन गर्ने मौका मिल्यो । यहाँ हजारौं वर्ष पुरानो शिवलिंग छ, यहाँ आउँदा मनलाई आनन्द अनि उर्जा पनि मिल्छ । दर्शनार्थीहरूको भिड, जय भोलेनाथभन्दै पुकार्दै गरेको सुन्दा आनन्द आउँछ । मैले यहाँहरुको लागि पनि प्रार्थना गरेको छु ।’

अनुपम खेर तीन दिनअघि नेपाल आएका थिए । उनी मोटिभेसनल लेक्चर दिनका लागि नेपाल आएका हुन् । उनले हायात होटलमा ‘असफलताको शक्ति’ विषयमा मोटिभेसनल स्पिच दिएका हुन् ।

उनले इन्स्टाग्राममार्फत पशुपतिनाथको दर्शनमा जाँदाको अनि स्पिच दिँदै गरेको भिडियो सेयर गर्दै यसबारे जानकारी दिएका छन् ।

प्रतिक्रिया