‘द होलटाइमर्स’को फस्ट लुक सार्वजनिक

काठमाडौं । निर्माणाधीन नेपाली चलचित्र ‘द होलटाइमर्स’को फस्ट लुक सार्वजनिक गरिएको छ । नेपालको सशस्त्र द्वन्द्वको कथामा बनिरहेको यो चलचित्रको तत्कालीन नेकपा माओवादी छापामारको दृश्य झल्किने फोटो सार्वजनिक भएको हो । विगत ५ वर्षदेखि यो चलचित्रको काम भइरहेको थियोे । यसलाई पूजा गुरुङ र विभूषण बस्नेतले संयुक्त रूपमा अछामको रामारोशनमा निर्देशन गरिरहेका छन् । यो चलचित्रमा सशस्त्र युद्धमा प्रयोग भएका बालबालिकाहरूको कथा पेस गर्छ ।

यसका निर्माता प्रवीण कार्की टक्की हुन् भने लेस फिल्म डु टम्बाउर प्रस्तुतकर्ता हुन् । अभिनेत्री नम्रता श्रेष्ठ, भ्लगर सिसन बानियाँ, हलिउड फेसन डिजाइनर प्रबल गुरुङकी दिदी कुमुदुनी श्रेष्ठ, सोहम ढकाल, प्रणय पाण्डे, सुरज गिरी, निकुन श्रेष्ठ, सविनजंग पाण्डे, रोमोस सिवाकोटी सहायक निर्माता हुन् ।

यस चलचित्रमा कलाकारहरू खगेन्द्र महरा, विनोदप्रकाश धामी, लक्ष्मी लिम्बू लगायतको अभिनय रहेको छ । चिन्तन राजभण्डारीले छायांकन गरिरहेको यो चलचित्र सन् २०२५ मा रिलिज हुने जनाइएको छ ।

प्रतिक्रिया