ग्लोबल आइएमई लघुवित्तद्वारा विद्यार्थीलाई झाेला वितरण

सप्तरी । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले बिहीबार आधारभूत विद्यालयका विद्यार्थीलाई ब्याग वितरण गरेको छ । कार्यक्रमको प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहले भने समाज परिवर्तनको लागि सबै व्यक्तिहरुले आफूबाट परिर्तनको सुरुवात गर्नु पर्ने बताउँदै आफूले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था जति सहयोग गर्नु भयो नगरपालिकाबाट धन्यवाद व्यक्त गरे । नगरप्रमुख सिंहले हरेक विद्यार्थीका अभिभावकले आफ्ना बालबच्चाहरुलाई सामाजिक संस्कार सिकाउन आवश्यक रहेको बताए । उनले विद्यार्थीहरुलाई आफूले भविष्यमा के बन्ने हो त्यो बाटोलाई विद्यालय जीवनबाटै पहिचन गरेर हिड्दा राम्रो हुने बताए ।

कार्यक्रमको अवसर पारेर बोदे बर्साईन नगरपालिका ७ हैठी स्थित श्री सामुदायिक राष्ट्रिय शिव शंकर आधारभूत विद्यालयका विद्यार्थीलाई झाेला वितरण गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थीलाई झाेला वितरण गरिएको संस्थाका अनुगमन प्रमुख हेमलाल पौडेलले जानकारी दिए ।

बोदे बर्साईन शाखाका प्रमुख संजित कुमार गिरीका अनुसार उक्त विद्यालयका ९५ जना विद्यार्थीले झाेला पाएका छन् । सामुदायिक विद्यालयका विद्यार्थीको सहजताका लागि संस्थाले झाेला वितरण गरेको हो । ग्लोबल आइएमई लघुबित्त बित्तीय संस्था लिमिटेडले समुदाय केन्द्रित सहयोगका कार्यक्रमलाई निरन्तरता दिँदै यसअघि बोदे बर्साईन बजार एरियामा डस्टबिन वितरण गरेको थियो ।

झाेला वितरण कार्यक्रममा समाजसेवी तथा विद्यालयका अध्यक्ष बिश्ववरप्रसाद यादव, विद्यालयका प्रधानाध्यापक निलम कापैर, वडा सदस्य पुनिता यादव , रामचन्द्र यादव, सिरहा लक्ष्मिपुर पटैरका शाखा प्रमुख योगेन्द्रप्रसाद यादव , शिक्षक लगायत स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया