काठमाडौँ । ग्लोबल आइएमई बंैक कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्टान्डर्ड प्रमाणीकरण भएको छ । नेटवर्क इन्टेलिजेन्सबाट पिसिआई–डिएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित भएको हो । नेटवर्क इन्टेलिजेन्स पिसिआई सेक्युरिटी स्टान्डर्डस् काउन्सिलबाट मान्यता प्राप्त क्वालिफाइड सेक्युरिटी असेसर (क्युएसए) हो । यो निजी संस्थाले कार्डको सुरक्षासम्बन्धी विषयहरू मूल्यांकन गर्ने गर्दछ ।
नेटवर्क इन्टेलिजेन्सबाट कार्डको सुरक्षासम्बन्धी मूल्यांकन र पिसिआई–डिएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित हुन्छ । बैंकले कार्ड प्रयोगकर्ताहरूको डाटाको सुरक्षा सुनिश्चितताका लागि प्रणालीगत र संस्थागत रूपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको छ । प्रयोगकर्ताको डाटा सुरक्षामा बैंकले निरन्तर प्रयास जारी राखिनुका साथै आफ्नो प्रतिवद्धतालाई स्वतन्त्र रूपमा प्रमाणित गरेको हो ।
प्रतिक्रिया