काठमाडौँ । मन्जुश्री फाइनान्स लिमिटेडले परिमार्जित वेबसाईट सार्वजनिक गरेको छ । ग्राहक मैत्री तथा जानकारीमुलक वेबसाईट सार्वजनिक गरेको कम्पनीले जनाएको छ । ग्राहकको सुविधालाई ध्यानमा राखी ग्राहकलाई थप सेवा दिने उधेश्यले यो वेबसाइटलाई प्रयोगकर्ता मैत्री बनाइएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तेजराज तिमिल्सिनाले बताए ।
तिमिल्सिनाका अनुसार नयाँ वेबसाइटबाट प्रयोगकर्ताले संस्थाको बारेमा जानकारी, संस्थाको प्रडक्ट तथा सेवाहरुको जानकारी, पब्लिक डिस्क्लोजर अन्तर्गतको सम्पूर्ण जानकारी तथा वेबसाईटबाट नै अनलाईन खाता खोल्ने सुबिधा, अनलाईन एफडीको सुबिधा तथा वेब बैंकिङ मार्फत आफ्नो खाताबाट कारोबार गर्ने सुबिधा सजिलै उपयोग गर्न सक्ने छन् ।
परिमार्जित वेबसाईटले ग्राहक सेवालाई अझैँ बलियो र सुदृढ बनाउने तथा संस्थाको पब्लिक डिस्क्लोजरमा अझैँ पारदर्शिता ल्याउन मदत पुग्ने विश्वास संस्थाले गरेको छ । अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्न सधै अग्रसर मन्जुश्री फाइनान्सले आफ्ना ग्राहकवर्गको लागि सधै नवीनतम सेवाहरु ल्याइरहेको जनाएको छ ।
मन्जुश्री ले हालसम्म रु २२ अर्ब निक्षेप संकलन गरि करिब १८ दशमलव २ अर्ब कर्जा परिचालन गरेको छ । निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।
प्रतिक्रिया