रञ्जिताविरुद्धको मुद्दामा मिसिल झिकाउन सर्वोच्चकाे आदेश

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवादमा संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष अध्यक्ष रञ्जिता श्रेष्ठ र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले शुक्रबार मिसिल झिकाउने आदेश दिएको हो ।

पार्टीको महाधिवेशनबाट रेशम अध्यक्ष निर्वाचित भएपछि उनले केन्द्रीय कार्यसमितिको नामावली अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, निर्वाचन आयोगले अध्यावधिक गर्न मानेन र रञ्जितालाई नै अध्यक्ष कायम गर्‍यो । त्यसपछि रेशम सर्वोच्च पुगेका हुन् । यो मुद्दामा सुनुवाइका लागि १८ वैशाखलाई अर्को पेसी तोकिएको छ ।

प्रतिक्रिया