‘मेरो पहिलो माया’ भन्दै आए सुरेन्द्र र मन्जिता

काठमाडौं । सुजन विश्वकर्मा र निग्मी शेर्पाको स्वर रहेको लोक तथा दोहोरी गीत ‘मेरो पहिलो माया’ सार्वजनिक भएको छ । गीतमा लालकुमार बरालको शब्द तथा संगीत रहेको छ, भने म्युजिक एरेन्जमेन्ट कुमार सानुको रहेको छ ।

गीतको म्युजिक भिडियो लालकुमार बराल नामको युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियोमा लामो समयदेखि मोडलिङमा सक्रिय मोडल सुरेन्द्रकुमार दाहाल र मन्जिता केसीको अभिनय रहेको छ । भिडियो निर्देशन विजय दोङले गरेका हुन् ।

प्रतिक्रिया