एसबिआई मर्चेन्ट र ह्याम्स अस्पतालबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड र ह्याम्स अस्पतालबीच व्यावसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा ह्याम्स अस्पतालका लिमिटेडका मार्केटिङ प्रबन्धक तेन्जिङ खुन्से बज्रचार्यकोे उपस्थितिमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका इन्भेस्टमेन्ट बैंकिङ तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले हस्ताक्षर गरेका छन् ।

नेपाल एसबिआई बैंकका वा नेपाल एसबिआई मर्चेन्ट बैंकिङमा डिम्याट खाता भएका ग्राहकलाई ह्याम्स अस्पतालले प्रदान गर्ने सेवामा उपचारका लागि लाग्ने शुल्कमा १० प्रतिशत र फार्मेसीका लागि लाग्ने शुल्कमा ५ प्रतिशत विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।

प्रतिक्रिया