बारामा पत्रकारलाई अभिमुखिकरण

बारा । कलैया उपमहानगरपालिकाको सहयोग र शुभारम्भ सहयोगी संस्थाको आयोजनामा स्थानीय पत्रकारहरूकाे लागि तालिम तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बाराको कलैया एक हाेटलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कलैया उपमहानगरपालिका १ का वडाध्यक्ष मोहनबहादुर क्षेत्रीले स्थानीय पत्रकारलाई जिल्लामा भएको विभिन्न गतिविधिलाई समाचार सम्प्रेषण गर्न आग्रह गरे । कसैको बहकाउमा नपरी र कसैलाई काखा र कसैलाई पाखा नगरी जनतालाई न्याय दिलाउन र सत्य तथ्य समाचार मात्र सम्प्रेषण गर्न उनले आग्रह गरेका थिए । एउटा पत्रकारमा देशको शासन व्यवस्था नै बदल्न सक्ने क्षमता भएकोले त्याे क्षमतालाई नकारात्मक हैन सकारात्मक तरिकाले अगाडि बढाउन उनले आग्रह गरे ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबू मेहता, प्रेस यूनियन मदेश प्रदेशका अध्यक्ष सत्यप्रसाद श्रेष्ठ, प्रेस चौतारी बाराका सचिव जिउतप्रसाद यादव, नेपाल पत्रकार महासंघ बाराका सक्रिय सदस्य नरेश गुप्ता लगायतको सहभागिता रहेको थियाे । तालीममा पत्रकारहरूलाइ बाराका बरिष्ठ पत्रकार गोकुल घोरासाइनेले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया