बिजीको शब्दमा ‘कदमैको छायाँ’

काठमाडौं । गायक हिमाल घलेको पछिल्लो प्रस्तुति ‘कदमैको छायाँ’ बोलको गीत सार्वजनिक भएको छ । शुष्मा म्युजिक प्रालिको ब्यानरमा तयार पारिएको यस गीतमा गायक घले र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ ।

गीतमा घलेको मौलिक लय तथा रमेश बिजीको शब्द रचना रहेको छ । हिमालका यसअघि दर्जनौं गीत आएका छन् । सार्वजनिक गीतको भिडियोमा मोडेल सुधिर श्रेष्ठ र अश्विनी शाहीको अभिनय छ ।

प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियो छायांकन नवराज उप्रेती र सम्पादन बिष्णु शर्माले गरेका छन् । गीतलाई हिमाल घले युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ।

प्रतिक्रिया