चलचित्र बनाउँदै डा. भोला रिजाल

काठमाडौं । निर्माता, गायक तथा गीतकार डा. भोला रिजाल दुई दशकपछि पुनः चलचित्र निर्माणमा फर्किएका छन् । एक जमानामा एकसे एक चर्चित चलचित्र बनाएका डा. रिजालले चलचित्र ‘ह्यारी कि प्यारी’ बनाउन लागेका हुन् । रोमान्टिक कमेडी रहने यस चलचित्रमार्पmत उनले निर्माण क्षेत्रमा पुनः हात हालेका हुन् । ‘ह्यारी कि प्यारी’ को सोमबार पर्वतको भुकदेउरालीमा मुहूर्त गरी छायांकन सुरु गरिएको हो । यो चलचित्र डा.रिजालका दन्त चिकित्सक पुत्र डा.कपिल रिजालले निर्देशन गर्दैछन् । लण्डनको दन्त चिकित्सा क्षेत्रमा साढे दुई दशकदेखि काम गर्दै आएका डा. कपिलले लण्डनमै बसेर अंग्रेजी भाषाका लघुचलचित्र गिल्ट, साइलेन्स र कर्मा बनाइसकेका छन् । उनले नेपाल र लण्डनमा गरी एक दर्जन बढी गीति भिडियोको निर्देशनसमेत गरिसकेका छन् । उनको ‘ह्यारी कि प्यारी’ डेब्यु चलचित्र हो ।

निर्देशक डा. कपिलका अनुसार पर्वतका विभिन्न स्थानमा दुई सातासम्म र बाँकी चलचित्रको छायांकन भने काठमाडौंमा गरिनेछ । उनले निर्माण युनिट पर्वत प्रस्थान गर्नुअघि चलचित्रका सबै कलाकार तथा प्राविधिकको पिसिआर परीक्षण गरिएको जनाए । खोप लगाएका कलाकार र प्राविधिकलाई मात्र युनिटमा सहभागी गराइएको निर्माण पक्षले जनाएको छ । पर्वत पुगेर पनि ¥यापिड टेस्ट गरी स्वास्थ्य मापदण्ड अपनाएर सुटिङ अघि बढाइएको छ । चलचित्र सुटिङ सुरु गर्नुअघि कलाकार जितु नेपाल र विजय बरालले मुहूर्त सट दिएका थिए । चलचित्रमा जितु ह्यारी र साम्राज्ञीराज्य लक्ष्मी शाह उनको प्यारीका रुपमा देखिने निर्माण पक्षले जनाएको छ । चलचित्रमा जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाल लगायतका कलाकारको अभिनय रहने छ ।

चलचित्र डा. भोला रिजालको बिआर प्रडक्सनको ब्यानरमा निर्माण भइरहको छ भने प्रस्तुति र निर्देशन डा.कपिलको रहनेछ । चलचित्रमा कथा डा.कपिल, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. कपिल र अभिमन्यू निरवीको रहेको छ । चलचित्रमा गीत डा. भोला रिजाल, संगीत शिखर सन्तोष र युग भुषाल, गायन सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहनेछ ।

प्रतिक्रिया