रचनाको आवाजमा ‘भतभती पोल्छ’

काठमाडौं । गायिका रचना रिमालको आवाज रहेको गीति भिडियो ‘भतभती पोल्छ’ सार्वजनिक भएको छ । सामाजिक सन्देश बोकेको समलिंगी प्रेमसम्बन्ध, विवाह अनि समाजले हेर्ने दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको गीत अमेरिकामा बस्दै आएका गीतकार नारायण रसाइलीले लेखेका हुन् । दीप घतानीको संगीत रहेको गीतलाई सञ्जीव बराइलीले संगीत संयोजन गरेका छन् ।

भिडियोमा अभिनेता पल शाह र प्रियाना आचार्यको अभिनय छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । तारा लोहनी रसाइली निर्मात्री रहेकी भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । भिडियो गीतकार रसाइलीको च्यानल ‘नारायण रसाइली अफिसियल’ मार्फत् सार्वजनिक गरिएको छ । कलाकारले मनोरञ्जन दिने मात्रै होइन परेको बेला गीतका माध्यमबाट सामाजिक दायित्व पनि पूरा गरिरहेका हुन्छन् भन्ने सन्देशका साथ भिडियो प्रस्तुत गरिएको गीतकार रसाइलीले बताए ।

प्रतिक्रिया