अक्सिजन सिलिन्डरहरूलाई अहिले कोही कसैसँग बाहिर अनौपचारिक रूपमा रहेको भए सम्बन्धित उद्योगमा, स्थानीय तहमा, अस्पतालहरूमा फिर्ता गरिदिनलाई हामीले बुधबार सूचनामार्फत पनि आह्वान गरेका छौँ । त्यसैगरी सरकारी तथा निजी स्वास्थ्यसंस्थाहरूलाई कोभिडका उपचारका लागि आवश्यक पर्ने तयारीका साथ रहन सो सम्बन्धी व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन पनि हिजोको डिसिसिएमसीको बैठकले थप निर्णय त्यो पनि गरेको छ ।
विशेषगरी कोभिड रोकथाम, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धमा केन्द्रीय स्तरमा सिसिएमसीको संरचना छ । जिल्लास्तरमा डिसिसिएमसीको संरचना छ । केन्द्रीय स्तरको संरचना पनि स्वास्थ्य विज्ञहरू, स्वास्थ्य क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरू, पदाधिकारीहरूको सहभागिता रहन्छ । र जिल्लास्तरको संरचनामा पनि जनस्वास्थ्य विज्ञहरू, डाक्टरहरूको सहभागिता रहन्छ ।
विशेषगरी पछिल्लो अवस्थामा जुन संक्रमणदर बढ्दै गइरहेको, संक्रमणको चाप बढ्दै गइरहेको र परीक्षणका क्रममा संख्यात्मक रूपमा दिनप्रतिदिन संक्रमितहरू थपिँदै गइरहेको विश्लेषणका आधारमा त्यो समीक्षा भएर नै यसलाई अब भिडभाडजन्य क्रियाकलापहरू अथवा स्वास्थ्य मापदण्डका पालनाका विषयमा थप प्रभावकारी कदम समयमा हुनुपर्ने विश्लेषण र समीक्षाकै आधारमा यो सिफारिस भएको भन्ने बुझिन्छ । र, त्यो सिफारिसलाई फेरि स्थानीय स्तरमा कार्यान्वयन गर्नका लागि नै आदेश जारी भएको अवस्था हो । र अहिले पछिल्लो समयमा हामीले क्रमशः यो संख्या वृद्धि भइरहेको दैनिक विवरणहरू आइरहेका छन् । संक्रमणको दर विगतको तुलनामा गुणात्मक रूपले बढिरहेको अवस्था हो अहिले ।
काठमाडौं उपत्यकाको सीमा, उपत्याका प्रवेश गर्ने नाकाका प्रहरीचौकीहरू प्रभावकारी बनाउने, कोभिड परीक्षण गर्ने मामिलामा हामीले दुई प्रकारले यसको व्यवस्थापन गरिरहेका छौँ । एउटा, भिडभाडजन्य क्रियाकलापको न्यूनीकरण, जनस्वास्थ्यका मापदण्डहरूको पालनालाई प्रभावकारी बनाउने । ती विषयहरूमा अनुगमनलाई पनि प्रभावकारी बनाउने र आमरूपमा नागरिकहरूमा स्वास्थ्य मापदण्ड पालनाका लागि आह्वान गर्ने । आमनागरिकको सहयोग प्राप्त गर्ने वातावरण बनाउने एउटा पार्ट छ भने अर्कोतर्फ कोभिडको संक्रमण र त्यसबाट प्रभावित व्यक्तिहरूलाई समयमा उपचार, समयमा त्यसको व्यवस्थापनका कुराहरूमा अस्पतालहरू, स्वास्थ्य युनिटहरू, स्वास्थ्य संस्थाहरूको अहिले जुन कोभिडको संक्रमण दर बढ्दै गएपछि अक्सिजन सिलिन्डरहरू, बेडहरू, लगायतका स्वास्थ्य सामग्रीहरूको उपलब्धता, त्यसको भण्डारण र त्यसलाई थप अपडेट गराइराख्नका लागि बुधबार मात्रै डिसिसिएमसीबाट त्यो निर्णय पनि भएको छ ।
अक्सिजन सिलिन्डरहरूलाई अहिले कोही कसैसँग बाहिर अनौपचारिक रूपमा रहेको भए सम्बन्धित उद्योगमा, स्थानीय तहमा, अस्पतालहरूमा फिर्ता गरिदिनलाई हामीले बुधबार सूचनामार्फत पनि आह्वान गरेका छौँ । त्यसैगरी सरकारी तथा नीजि स्वास्थ्य संस्थाहरूलाई कोभिडका उपचारका लागि आवश्यक पर्ने तयारीका साथ रहन सोसम्बन्धी व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन पनि हिजोको डिसीसीएमसीको बैठकले थप निर्णय त्यो पनि गरेको छ । एकातिर हामी यो फैलिन नदिनका लागि एकप्रकारको हाम्रो सुचनाहरू, निर्देशनात्मक आदेशहरू प्रवाह भइरहेको छ भने अर्कोतर्फ पूर्वाधारहरू तर्फ पनि स्वास्थ्य मन्त्रालयलगायत, डिसिसिएमसी लगायतका हाम्रा संरचनाहरूबाट सम्बन्धित पूर्वाधारहरूको व्यवस्थापनका लागि पनि थप गतिविधिहरू अगाडि बढिरहेको अवस्था छ ।
अहिले खोपको अभाव नभएको अवस्था हो । खोपको लागि जुनसुकै समयमा खोप लगाउन इच्छुक व्यक्तित्वहरू अहिले पनि सहभागी हुन सक्नुहुन्छ । त्यस कारणले खोप कार्डको व्यवस्था माघ ७ गते पछाडि नै प्रभावकारी हुनेगरी त्यो सूचनामा लेखिएको छ । यो बीचमा करिब ९० प्रतिशत माथिले काठमाडौं उपत्यकाको हकमा खोप दिने काम भइसकेको छ । बाँकी रहेको १० प्रतिशत हो । बीचमा यो खुल्ला आवतजावतको हिसाबले हेर्दाखेरी फ्रिक्वेन्ट्ली बाहिरका मानिसहरू आउने र जाने जुन मुभमेन्ट छ त्यसले केही संख्या तलमाथि हुनसक्छ । तर, समग्रमा १० प्रतिशत जुन बाँकी संख्या हो । त्यो पनि हामीले एकहप्ता भित्रमा खोप लगाइसक्ने हाम्रो लक्ष्यका साथ माघ ७ गते पछाडि मात्रै खोप कार्डको व्यवस्था लागू हुने गरीकन सूचनामा उल्लेख भएको हो ।
यसले दुई वटा कुरालाई व्यवस्थित गर्छ । एउटा कुरा, खोप लगाउन छुट भएका व्यक्तिहरूलाई खोप लगाउन प्रेरित गर्छ । अर्को, खोप लगाइसकेका व्यक्तिहरूले पनि आफ्नो खोप अभिलेख आपूmसँग राख्ने र त्यसले भोलि जुनसुकै प्रयोजनमा पनि त्यसलाई प्रयोग गर्ने यो दुई वटै कामको प्रयोजनका लागि पनि खोप कार्डको व्यवस्था अगाडि सारिएको छ र यसले समग्रमा हेर्दाखेरी खोप लगाउन छुट भएका व्यक्तिहरूलाई पनि खोपको लागि अभिप्रेरित गर्छ भन्ने नै छ र यसले हामीलाई समग्रमा अहिले पछिल्लो समयमा खोपको अभाव नभएको र खोप लगाउन विभिन्न स्थानहरू तोकिएको, त्यसलाई सरलीकृत गरिएको अवस्था छ । यसकारण यसले द्विविधा उत्पन्न हुँदैन जस्तो लाग्छ मलाई ।
महामारी भन्ने विषय जटिल विषय हो । यो कुनै एउटा निकाय, कुनै एउटा संरचना, अथवा सरकार मात्रले यसलाई नियन्त्रण गर्ने, रोकथाम गर्ने भन्दा पनि आमजिम्मेवारीको विषय हो । आमनागरिकको आफ्नो जिम्मेवारीको विषय पनि हो र जे जस्ता विषयहरू, नीतिहरू बनाइएको छ, त्यसको पूर्ण परिपालना गर्ने, स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्ने, भिडभाडजन्य गतिविधिहरू नगर्ने, यसको रोकथामका उपायहरूमा सहयोग गर्ने आमनागरिकको दायित्व र जिम्मेवारी हो । त्यसलाई अनुगमन गर्ने पार्टमा अहिले पनि सञ्चारमाध्यम पनि एउटा अनुगमन गर्ने पार्ट हो । सरकारी संयन्त्रबाट पनि आफ्नो ठाउँबाट भएकै छ ।
त्यसका साथसाथै स्वयं नागरिक पनि एउटा अनुगमनकर्ता पनि हो । हाम्रो पहिलो आग्रह सम्पूर्ण नागरिकहरूमा स्वास्थ्यको मापदण्ड पालना गरिदिनका लागि, भिडभाडजन्य गतिविधि नगरिदिनका लागि नै हाम्रो पहिलो आग्रह रहन्छ । जहाँसम्म औपचारिक संयन्त्रको कुरा छ, त्यसको आदेशको पालनाका लागि हामीले सुरक्षा निकायलाई पनि निर्देशित गरेका छौँ । सुरक्षा निकायबाट पनि स्थानीय फिल्डस्तरमा आकस्मिक तथा नियमित अनुगमनहरू हुन्छ । यसका साथसाथै स्वास्थ्य संरचनाका स्वास्थ्य संयन्त्रबाट, डिसिसिएमसीको लेभलबाट, जिल्ला प्रशासनबाट पनि हामीले अनुगमन नियमित रूपमा गर्ने नै हाम्रो योजना छ । यो हाम्रो औपचारिक प्रक्रिया पूरा भयो । समग्रमा मेरो आग्रह आमनागरिकहरूले नै जनस्वास्थ्यको मापदण्ड पालना गर्नु नै यसको प्रभावकारी उपाय हो भन्ने मलाई लाग्छ ।
(काठमाडौंका सहायक प्रजिअ अधिकारीसँगको संवादमा आधारित)
प्रतिक्रिया