कोरोना महामारीपछि बौरिएको पर्यटन

गएको फेब्रुअरी महिनामा पनि ९७ हजार ४२६ जना विदेशी पर्यटकहरू नेपाल आएका थिए । जनवरी महिनामा ७९ हजार १०० जना विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आएका थिए । यही रप्mतारमा विदेशी पर्यटकहरू आएमा नेपालमा सन् २०२४ को १२ महिनामा १४ लाख ५०–६० हजारदेखि १५ लाख ३०–४० हजारसम्म संख्या पुग्ला कि ? भनी अनुमान गर्न सकिन्छ ।

निनाम लोवात्ती

अहिले नेपाललगायत विश्वका प्रायः सबै देशमा पर्यटनको अवस्था चकाचक छ भन्न सकिन्छ । अझ नेपालमा त ‘मास टुरिस्ट’ भिडभाड र हुलहुज्जतसाथ अथवा भनौँ एकैपटक धेरै संख्यामा विदेशी पर्यटक आउने मुख्य सिजन नै रहेको छ । हो, त्यही कारण सन् २०२४ को मार्च महिनामा नेपालमा १ लाख २८ हजार १६७ जना विदेशी पर्यटकहरू भ्रमण गर्न आइसकेका छन् ।
गएको फेब्रुअरी महिनामा पनि ९७ हजार ४२६ जना विदेशी पर्यटकहरू नेपाल आएका थिए । जनवरी महिनामा ७९ हजार १०० जना विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आएका थिए । यही रप्mतारमा विदेशी पर्यटकहरू आएमा नेपालमा सन् २०२४ को १२ महिनामा १४ लाख ५०–६० हजारदेखि १५ लाख ३०–४० हजारसम्म संख्या पुग्ला कि ? भनी अनुमान गर्न सकिन्छ । नेपाल सरकारले तुरुन्तै अन्तर्राष्ट्रिय हवाई उडानको संख्या थप्नसके साढे १७ लाखदेखि १८ लाखसम्म पर्यटक आउन सक्ने संभावना देखिन्छ । तर, उडानको संख्या नथपी त्यो संभावना देखिँदैन ।
‘कोभिड–१९’ महामारीका रूपमा पैmलन सुरु भएपछि विश्वभरिका मनिसहरूले एक–अर्को देशमा आपूmले चाहे जसरी यात्रा गर्न पाएनन् । फलतः सन् २०२० र सन् २०२१ २०२२ मा विश्वव्यापी पर्यटन उद्योगले ठूलो क्षति बेहोर्नुप¥यो । नेपाली पर्यटन क्षेत्रको त झन् के कुरो गराइ भो र ? नेपाली पर्यटनले पनि ठूलो स्केलमा क्षति बेहो¥यो, ३ वर्षे कोरोना महामारी कालमा । त्यसले विश्व अर्थतन्त्रलाई नै ‘डाँवाडोल स्थिति’मा पु¥याएको थियो । विश्वका कुनै पनि सरकार प्रमुख, राज्य प्रमुख र भाइरल रोग विज्ञहरूले समेत त्यो स्तरमा आर्थिक संकट आउने र विश्वभरि सन्नाटाको छाउने स्थिति निर्माण हुने सोचेका थिएनन् होला । कोभिड–१९ पैmलन सुरु भएपछि विश्वको समग्र अर्थतन्त्र र अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको पर्यटन उद्योग कम्तिमा पनि ८८–९० प्रतिशतदेखि ९४–९६ प्रतिशतले चल्नै नसक्ने अवस्थामा पुगेको थियो । विभिन्न देशका सरकारहरूले एक देशबाट अर्को देशमा जाने यात्रुहरूलाई प्रतिबन्ध लागाउन थाले । जसले गर्दा हवाई यातायात, रेल, बस, कार, जिप व्यवसायी र होटल व्यवसायीहरूले नराम्रोसँग मार खानुप¥यो । हेर्दा हेर्दै विश्व नै एककिसिमले सुनसान (श्मशान !) बन्न पुग्यो ।
केही देशका उग्र राष्ट्रवादी नेता तथा सरकार प्रमुखहरू चाहिँ ‘नोभेल कोरोनाभाइरस’ (पछि कोभिड–१९ नाम दिइएको) लाई ‘यो केही पनि होइन, सामान्य भाइरस हो यो चाँडै हट्छ’ भनी मनगढन्ते ढंगले ‘अन्डर–माइन्ड’ गरिरहेका थिए, खिल्ली उडाइरहेका थिए । जबकि ‘नोभेल कोरोनाभाइरसले’ तत्काल हटेर जानुको सट्टा झनै पैmलँदै गएर विश्वव्यापी रूपमा महामारीको रूप लिइरहेको थियो । भनिन्छ, एकसमयमा ८७ करोड मनिसहरू कोरोना भाइरसको महामारीको प्रकोपमा परेका थिए ।
कोभिड–१९ जसरी विश्वव्यापी रूपमा महामारीका रूपमा पैmलन सुरु भयो, त्यसले विश्व पर्यटन क्षेत्रमा खर्बौं–खर्ब डलरको क्षति भयो भने, मूल्य तोक्न नसकिने मानव पुँजीको पनि ठूलो क्षति हुन पुग्यो । त्यतिले मात्रै नपुगेर त्यो वेला विश्वमै एककिसिमको मूर्दा शान्तिको स्थिति पैदा भयो । फलतः विश्व पर्यटनमा सोच्दै नसोचेको स्तरमा ‘डाउन–फल’ भयो । बल्ल सन् २०२३ मा आएर विश्व पर्यटन क्षेत्रमा ‘अप–राइज’ सुरु भएको संकेत मिल्न थाल्यो । किनभने सन् २०२३ मा ९१५ मिलियन पर्यटकहरूले विश्वका विभिन्न देशको भ्रमण गरे । हुन त, सन् २०२२ पनि ९ सय मिलियन अर्थात् ९० करोड पर्यकटहरू विश्व भ्रमण गर्न निक्लेका थिए । जबकि सन् २०२१ मा चाहिँ केवल ६६७ दशमलव ७३ मिलियन पर्यटकले विश्व भ्रमण गरेका थिए । अझ सन् २०२० मा त ४१५ मिलियन पर्यटकले मात्रै विश्वका विभिन्न देशको भ्रमण गरेका थिए । तथ्यांक हेर्ने हो भने सन् २०१९ मा १ दशमलव ५ बिलियन अर्थात् १ अर्ब ५ करोड पर्यटकहरू विश्व भ्रमण गर्न निक्लेका थिए ।
नेपालमा पनि सन् २०१९ मा नेपालको पर्यटन इतिहासमा हालसम्मकै धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । स्मरणीय छ, सन् २०१९ मा (झण्डै १२ लाख) ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । तर सन् २०२० मा भने केवल २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकहरूले मात्रै नेपाल भ्रमण गरेका थिए भने, सन् २०२१ मा त केवल १ लाख ३१ हजार विदेशी पर्यटक मात्रै नेपाल भ्रमण गर्न आएका थिए । तर सन् २०२२ मा लगभग २ दोब्बरले बढेर ६ लाख १४ हजार १४८ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । सन् २०२३ मा त १० लाख १४ हजार चानचुन विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आएका थिए । नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढी रहेको भए तापनि उनीहरूले नेपालमा रहँदा, बस्दा गर्ने खर्चको सीमा कसरी बढाउने ? भन्ने विषयका साथै उनीहरूको नेपाल बसार्इं अवधिलाई कसरी बढोत्तरी गर्न सकिन्छ ? भन्ने सम्बन्धमा पनि हामीले विचार–मन्थन सुरु गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया