ठगहरु मिलेर खोलेको नयाँ पार्टी

सत्ता बाहिर रहँदा कुकुर जस्तो भुक्ने, सत्तामा पुगेपछि स्याल जस्तो धुर्त हुने नेपालका नेताहरुको बिशेषतानै हो । स्वयम लामिछाने पनि सहकारी ठगी प्रकरणमा जोडिएका पात्र हुन् । रास्वपाका मन्त्री डोलप्रसाद अर्याल र सहमहामन्त्री आचार्य तथा बुर्लाकोटी समेत सहकारी ठगी प्रकारणमा जोडिएको समाचार आइरहेको छ । कतिपयको भनाइमा त रास्वपा स्वयं सहकारीका ठगहरु मिलेर खोलेको दल हो ।

नरेन्द्रमान श्रेष्ठ

सरकारले चाह्यो भने जहाँतहीँ बसेको भए पनि एक साताभित्र अपराधीलाई समात्न सक्छ भन्ने रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री भएको दुई महिना पुग्न लागेको छ । तर, सहकारी ठग जिबी राईलाई समात्न सकेका छैनन् वा समात्न चाहेका छैनन् ।सत्ता बाहिर रहँदा कुकुरजस्तो भुक्ने, सत्तामा पुगेपछि श्यालजस्तो धूर्त हुने नेपालका नेताहरूको विशेषता नै हो । स्वयं लामिछाने पनि सहकारी ठगी प्रकरणमा जोडिएका पात्र हुन् । रास्वपाका मन्त्री डोलप्रसाद अर्याल र सहमहामन्त्री आचार्य तथा बुर्लाकोटीसमेत सहकारी ठगी प्रकारणमा जोडिएको समाचार आइरहेको छ । कतिपयको भनाइमा त रास्वपा स्वयं सहकारीका ठगहरू मिलेर खोलेको दल हो । सहकारी ठग जिबी राईले उन्मुक्ति पाउनुका पछाडि आफू पनि पोलिन्छु कि, भन्ने गृहमन्त्री लामिछानेको डर हो । श्रममन्त्री डोलप्रसाद अर्यालले आफ्नो २३ लाख रुपैयाँ सहकारीमा फसेकोले उठाइदिन आमनागरिकहरूलाई अनुरोध गरेका छन् । मन्त्रीले त सहकारीमा फसेको आफ्नो रकम निकाल्न सकेनन् भने जनताको रकम सरकारले कसरी उठाइदेला ?

सहकारी ठगीमा ठुल्ठूला ब्यापारीदेखि राजनीतिक दलका ठूला ठूला नेता तथा मन्त्रीसमेत संलन रहेका कारण यो समस्याको समाधान जटिल भएको बताउँछन् सरोकारवालाहरू । सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई गृहमन्त्री बनाइयो भनेर प्रधानमन्त्री प्रचण्डको आलोचना भइरहेको छ । हिन्दीमा एउटा भनाइ छ, ‘अपने काम निकल्वानेके लिए गधाको भि बाप बनाना पर्ता है ।’ कतै प्रचण्डले यस्तै गरेका त होइनन् ? भन्ने पनि चर्चाहरू चल्ने गरेका छन् । आफ्नो सत्ता जोगाउन, बनाउन जस्तोसुकै हर्कत गर्न पनि पछि पर्दैनन् नेपालका नेताहरू । प्रचण्डको नेतृत्वको सरकारलाई महा ठगबन्धनको सरकार भनेर भन्नेहरू पनि त्यहि सरकारमा टाँसिन पुगेका छन् लाजै नमानी ।

दलका नेताहरूले सत्ता, मन्त्री, प्रधानमन्त्री बाहेक दायाँ बायाँ देख्दैनन् । मन्त्री बन्नका लागि आफ्नो इमानजमान नैतिकता भन्ने कुन चराको नाम हो थाहा हुँदैन । सत्ता शक्तिका लागि नै राजनीति गरेको भन्नेहरू पनि नभएका होइनन्, ‘जुन जोगी आए पनि कानै चिरेको’ भने जस्तै । जनताका लागि काम गर्न, भ्रष्टाचारलाई निर्मुल पार्न भन्दै सिधासाधा मतदातालाई झुक्याएर सांसद बनेका छन् अधिकांश । आफूलाई पुराना राजनीतिक दलहरूभन्दा अलग्गै भन्दै भोट मागेको रास्वपाले पनि जनतालाई झुक्यायो । सत्ता पाएपछि पुग्यो ।

त्यसैले पछिल्लो समयमा रास्वपाका लामिछानेको लोकप्रियतामा कमी आएको सरोकारवालाहरूको भनाइ छ । लामिछानेको सामाजिक संजालमा पनि साइबर सेनाहरू त्यति सक्रिय देखिँदैनन् । साइबर सेनाहरू कमि भए पनि एउटा न्युज टिभि च्यानलले भने रविको गुणगान गाउने गरिरहेको छ । न्युज २४ टिभी च्यानका धेरैजसो कार्यक्रमहरूमा रास्वपा र रास्वपाका नेताहरूको मात्र प्रशंसा हुने गरेको दर्शकहरू बताउँछन् ।

लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेपछि ब्यापक आलोचना भइरहेको छ । आममतदाताहरूले आशा र भरोशा गरेका लामिछाने सत्तामुखी भएको उनकै समर्थकलाई पनि मन परेको छैन । त्यसैगरी सत्ताबाट बाहिरिन पुगेको झोकमा नेपाली कांग्रेसले लामिछानेको विरोध गरिरहेको छ । गृहमन्त्री लामिछाने सरकारी ठगी प्रकणमा जोडिएकोले सरकारले संसदीय उच्चस्तरीय छानबिन आयोग गठन गर्न पर्छ भनेर कांग्रेसले संसद्को बैठक अवरुद्ध बनायो । नेपाली कांग्रेसको साथमा राप्रपा र लोसपा पनि थपिएपछि सरकारले संसद्को अधिवेशन नै अन्त्य गरिदियो ।

अहिले पनि लामिछानेसँग २ वटा नागरिकता २ वटा राहदानी रहेको आशंका कतिपयको छ । लामिछाने त्यस्ता ब्यक्ति हुन्, जो नेपालको नागरिकता विदेशी नागरिक बनेका थिए । नेपालको नागरिकता त्यागेर विदेशी नागरिक बनेका लामिछाने स्वदेशको मायाले फर्केका हुन् कि ? अमेरिकामा ठगी गरेर फर्केका हुन् ? भन्ने प्रश्न उठाउनेहरू धेरै छन् । बाठा अमेरिकीलाई भन्दा सोझा नेपालीलाई ठग्न सजिलो हुन्छ भनेर उनी नेपाल आएको हुनसक्ने अनुमान सहकारी ठगी प्रकरणपछि धेरैले गरेका छन् । लामिछाने अमेरिका छोडेर किन नेपाल आएर राजनीतिमा लागे ? यति छिट्टै राजनीतिमा स्थापित हुन कसरी संभव भयो ? कतै उनी कुनै गिरोहको एजेन्ट त होइनन् ? भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । उनी नेपाल आएको नेपालको विकास गर्न हो कि, अमेरिकाको एजेन्ट भएर आएका हुन् ? भनेर पनि शंका गर्नेहरू नभएका होइनन् । नेपालका नागरिकहरू मतदाताहरू सिधा, सोझा छन् । कसैले गुलिया दुई शब्द राम्रो बोलिदियो भने, दुई–चार वटा काम गरिदियो भने, कसैले केही सघाइदियो भने उसलाई भगवान् जस्तै ठान्ने गर्छन् ।

‘भ्रष्टाचारीहरूलाई टुँडिखेलमा लगेर नाकको डाँडी फुट्ने गरी हान्न मन लाग्छ’ भन्ने रवि लामिछाने गृह मन्त्रीमा आसिन छन् । गृह मन्त्री भएको लगभग दुई महिना भइसक्यो भ्रष्टचारीहरूको फाइल खोलेको खोइ त ? सुन तस्करीमा मुछिएका नेकपा माओवादीका नेता कृष्णबहादुर महरा माथिको छानविन लामिछानेकै पालामा फास्सफुस्स पारियो । त्यसैगरी बाँसबारी छाला जुत्ता कारखानाको जग्गा खाने चौधरी ग्रुपको फाइल पनि फास्सफुस्स भयो । ठूला ठूला ब्यक्तिहरूले विभिन्न स्थानका सार्वजनिक जग्गा अतिक्रमण गरिरहेका समाचारहरू मिडियामा आइरहँदा पनि गृहमन्त्री लामिछाने मौन छन् ।

जनता भन्न थालेका छन्, नेताहरू सबै उस्तै उस्तै हुन् । सरकार बाहिर रहँदा एउटा कुरा, सरकारमा रहँदा अर्को कुरा गर्छन् । विभिन्न राजनीतिक दलका नेताहरू, चाहे पुराना होउन, चाहे नयाँ, सबै हिन्दी चलचित्र मिस्टर इन्डियाको मोगाम्बो जस्तै बने ।

प्रतिक्रिया