सभापतिमा पुनः निर्वाचित भएकोमा देउवालाई दिए माधव नेपालले बधाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएकोमा बधाई दिएका छन् ।

अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवा कांग्रेसको १४औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया