नवनिर्वाचित कांग्रेस सभापति देउवालाई नेताहरुको बधाई

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई नेताहरुले बधाई दिइरहेका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सामाजिक सन्जाल ट्वीटरमार्फत बधाई दिँदै गणतन्त्र बलियो बनाउन, प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन् र अग्रगमनकारी शक्तिबीच थप एकता हुने अपेक्षासमेत गरेका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि ट्वीटरमार्फत बधाई दिएका छन् । नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले समाजिक सन्जालमार्फत नै देउवालाई शुभकामना दिएका छन् ।

गए राति मध्यरात सम्पन्न मतगणनाअनुसार निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालालाई हराउँदै देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

प्रतिक्रिया