कांग्रेस महाधिवेशन : ६ बजेसम्म दुई हजार मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा साँझ ६ बजेसम्म दुई हजार मत खसेको छ । निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले दुई हजार मत खसेको बताए । हाल राष्ट्रिय सभागृहमा भइरहेको मतदानमा सभापतिमा प्रधामन्त्रीसमेत रहेका शेरबहादुर देउवा र डा. शेखर कोइराला उमेदवार रहेका छन् ।

प्रतिक्रिया