मटिहानी अग्नीपीडितलाई सगरमाथा चौधरी आँखा अस्पताल लहानको राहत

महोत्तरी । मटिहानी अग्नीपीडितलाई सगरमाथा चौधरी आँखा अस्पताल लहानले राहत वितरण गरेको छ ।
बुधबार मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछी बस्तीमा आगलागीले क्षतिग्रस्त क्षेत्रका पीडितलाई राहत उपलब्ध गराइएको हो । अस्पतालद्वाराप्रति पीडित चामल, मसुर दाल, खाने तेल, नुन, च्यूरा, सोयाबिन, चाउचाउ लगायतका राहत सामग्री १०३ घरपरिवारलाई वितरण गरिएको हो ।

त्यसैगरी उक्त संस्थाद्वारा जरलहवा गाछी बस्तीमा आगलागीले क्षतिग्रष्ट क्षेत्रका पीडितहरूका लागि निःशुल्क आँखा जाँच तथा निःशुल्क औषधि वितरण शिविरको समेत सञ्चालन गरिएको थियो ।

ममता विश्वकर्मा

महाेत्तरी

प्रतिक्रिया