बडादसैँ धनीको मात्रै चाड हो र ?

अनुषा थापा

नेपालीहरूको बानी यति गएगुज्रिएको छ कि भनेर साध्य पनि छैन । कुनै बाटोमा मागेर खानेलाई पाँच रुपैयाँ दिनुपर्यो भने हाम्रो दाँतबाट पसिना आउँछ । तर, ढुंगाको मूर्तिमा दूध, दही र फलफूल पोख्छौँ । आस्था राख्नु राम्रो हो, तर गरिबको पेट भोको राखेर ढुंगामा लगेर पोख्नु पाप हो । त मन छँदै छ । त्यहाँ लगेर फोगट्या पोख्ने दूध, दही खान दिएको भए कसैको ज्यान बच्थ्यो । हामीले धर्मका नाममा पाप त गरिरहेका छैनौँ ?

नेपालीहरूको ठूलो चाड बडादसैँ सुुरु भइसकेको छ । दसैँ चाड १५ दिन मनाइन्छ । घटनास्थापनादेखि विजयादशमीसम्मको १० दिनलाई बडादसैँ भन्ने गरिएको छ । घटनास्थापनाको दिन गत बिहीबार हामीले विभिन्न मन्दिरहरूको घुइँचो देख्याँै । हनुमानढोकास्थित नासल चोकमा जमरा राख्दै गरेका नेपाल आर्मीका मेजर असिम श्रेष्ठसँग भेट भयो । देशको मुख्य केन्द्र हनुमानढोकामा मात्रै होइन देशभरका शक्तिपीठहरूमा निकै भिड देखियो । सबै कालिका मन्दिरमा त जौ र मकैको जमरा राख्नको लागि भक्तजनहरूको घटनास्थापनामा निकै भिड थियो ।

वैदिक सनातन धर्म मान्ने नेपालीहरूमा दसैँ को छुट्टै महत्व र महिमा छ । यही महिमाका कारण पनि मन्दिरमा चर्को भिड देखियो । हामी भगवान्प्रति आस्था राख्छाँै । जुन राख्नु पनि जरुरी छ । हरेक मान्छे कुनै न कुनै धर्मसँग जोडिएको हुन्छ । हामी भगवान्सँग जोडिएका मात्रै छैनौँ, भगवान्प्रति आशावादी पनि छौँ । भगवान्लाई मान्यो भने आफ्नो इच्छा पूरा हुन्छ भन्ने विश्वास हामीमा छ । आफ्नो इच्छा पूरा गर्न पनि हामी भगवान्को गाना गाउछौँ । हामी कति लोभी छौँ । यहीँबाट पत्ता लगाउन सक्छौँ । अरू बेलाभन्दा पनि आपूmलाई आवश्यक परेको र चाडपर्व आएको बेला हामी भगवान्को नाम जप्छाँै । मानिस भनेको सबैभन्दा लोभी जातका प्राणी हो ।

अरू प्राणीलाई एक पेट खाँदा भएको छ तर मानिसलाई त्यतिले पुग्दैन । अरूले मैलेभन्दा धेरै उन्नति गर्छ कि भनेर हामी जहिले पनि डराइरहेका हुन्छाँै । अझ मेरो यो कुरा पूरा भयो भने म यो गर्छु भनेर भाकल राखेको हुन्छौँ । विश्वास राख्दा कतिको भाकल पूरा पनि होला । तर, समय र परिस्थितिलाई पनि हेर्नुपर्छ । बोका, राँगा, कुखुरा लिएर बलि चढाउन जाने बेला हो यो ? गाडीमा खसीबोका लिएर बलि उपत्यका बाहिरको मन्दिर जाने संख्या ह्वात्तै बढेको छ । उनीहरूको कोरोना परीक्षणसम्म भएको छैन । यस्तोमा कोरोना फैलिने डर निकै बढेको छ ।

हाम्रो देशका धेरै मन्दिरहरू पौराणिक कालका हुन् । केही मन्दिर पछि थपिए । तर, मन्दिरभित्र हात धुने ठाउँको व्यवस्थासमेत छैन । शौचालयको पनि व्यवस्था गरिएको छैन । मन्दिरको दायाँबायाँ, बीचमा आफ्नो मर्जीअनुसार लाइन बसेको देखिन्छ । मन्दिरमा दैनिक हजारौँ भक्तजनहरूको आवतजावत हुन्छ । कसैको मन्दिर छेउछाउ मागेर खाने आमाबुबा र भाइबहिनीतिर आँखा गएको छैन । अरूको त कुरा छोडौँ, राजनीतिक दलका नेताहरू पनि त मन्दिर भ्रमणमा जान्छन् । के तिनीहरूले यसरी मागेर खाएको देखेको छैनन् ।

दसैँ धनी वर्ग, शासक वर्गको मात्र चाड होइन । तर, नेपालमा भने यस्तै छ, गरिबलाई दसैँ किन आएन् ? के उनीहरू मान्छे होइनन् । हामी नेपालीहरूको बानी यति गएगुज्रिएको छ कि भनेर साध्य पनि छैन । कुनै बाटोमा मागेर खानेलाई पाँच रुपैयाँ दिनुपप्यो भने हाम्रो दाँतबाट पसिना आउँछ । तर, ढुंगाको मूर्तिमा दूध, दही र फलपूmल पोख्छौँ । आस्था राख्नु राम्रो हो, तर गरिबको पेट भोको राखेर ढुंगामा लगेर पोख्नु पाप हो । त मन छँदै छ । त्यहाँ लगेर फोगट्या पोख्ने दूध, दही खान दिएको भए कसैको ज्यान बच्थ्यो । हामीले धर्मका नाममा पाप त गरिरहेका छैनौँ ? तर नेपालीमा त्यति सोच्न सक्ने दिमाग छैन । गरिबको अगाडि पर्न धनीलाई लाज लाग्छ । इज्जत जान्छ जस्तो व्यवहार देखाउँछन् । सरकारले पनि यसरी मन्दिरमा मागेर खानेहरूलाई खान, बस्नको व्यवस्था मिलाउनुपर्ने हो । अझै मागेर बसेका बालबालिकालाई त शिक्षाको व्यवस्थासम्म मिलाउनुपर्ने हो । किनकि उनीहरू नै भोलिका कर्णधार हुन् । देशको लागि उनीहरूको ठूलो योगदान पुग्छ । तर, देशको राष्ट्रपति र प्रधानमन्त्रीसँग त्यति सोच्न फुर्सद नै छैन । दिनभरि त व्यापारी र पैसावालको अघिपछि गर्दै ठिक्क हुन्छ ।

देशको हरेक निर्णय गर्ने अधिकार राजनीतिक दलको हातमा छ । देशको नियम कानुनको डोरो नै यिनीहरूले समाएका छन् । तर, यिनीहरूसँग काम गर्न सक्ने क्षमता र भिजन छैन । यिनीहरू कसरी जनतालाई दुःख दिन पाइन्छ र व्यापारीसँग कमिसन लिन पाइन्छ भन्ने विषयमा मात्र ज्ञान छ । बाटोमा मागेर खाने कति अपांगता भएका समेत छन् । उनीहरू मर्ने दिन पर्खेर बसेका छन् । यस्तालाई सहयोग गरेमा मात्रै धर्म हुने हो । भगवान्को अगाडि करोडौँको सामान लगेर चढाउँदा धर्म हुन्छ भनेर सोच्नु नै गलत हो ।

मागेर खान कसैलाई रहर लाग्दैन । मागेर खान हामीलाई लाज लाग्छ भने उनीहरूलाई लाग्दैन होला ? मागेर खानु बाध्यता हो । जसलाई नेपाल सरकारले रहरको रूपमा हेरेको छ । प्रधानमन्त्री, मन्त्रीदेखि राष्ट्रपतिले जनताले तिरेको करबाट आफ्नो तीन पुस्तालाई पुग्ने सम्पत्ति जोडे । तर जनताको बारेमा कहिल्यै सोचेनन् । यस्ता प्रधानमन्त्री, मन्त्रीदेखि राष्ट्रपतिलाई नेपाली जनताले धिक्कारछन् । मागेर खाने नेपाली जनताको आत्मा रोइरहेको छ । राजनीतिक दलहरू मन्दिर जाने बेला मन्दिर वरिपरि मागेर खानेलाई उनीहरूको सुरक्षाकर्मीले लखेट्छन् ।

नेपालमा अधिकांशले वैदिक सनातन धर्मको पालना गर्छन् । हामी नेपाली व्रत, पुजाआजामा विश्वास राख्छाँै । हामीले मागेको कुरा सबै पूरा होस् भनेर भगवान्लाई प्रार्थना गर्छौं । भगवान्ले सुनेर पूरा गरिदिएका पनि होलान् । तर, ती मागेर खानेको इच्छा किन पूरा भएनन् ? उनीहरूको इच्छा सानो छ । पेटभरि खान पाउ र सुत्नलाई छत पाउ भन्ने त हामीले पनि पूरा गर्न सक्थ्यौँ । तर, नेपालीहरू त्यति सोचविचार गर्ने खालका छैनन् । मागेर खानेहरूले राज्यबाट पाउनुपर्ने कुनै पनि सेवासुविधा पाएका छैनन् । जो मान्छे इमानदार छ, जसले मिहिनेत गर्छ । पसिना बगाउँछ, रातदिन नभनी काममा खट्छ उसलाई भगवान्को आवश्यकता पर्दैन । तर काम नगर्ने, अल्छीहरू भगवान्को अगाडि जान्छन्, आफ्नो भएजतिको इच्छाचाहना परिपूर्तिको लागि प्रार्थना गर्छन् ।

अनि हजारौँको सामान फोगटमा खेर फालेर आउँछन् । त्यस्तालाई म भगवान्प्रति आस्था राख्छु भन्दै ठिक्क हुन्छ । त्यैमाथि पनि दसैँ सुरु भइसकेको छ । देशभरका मन्दिरमा भक्तजनहरूको भिड ह्वात्तै बढेको छ । पूजा गर्नलाई चार घण्टासम्म लाइन बस्नुपरेको भक्तजनको भनाइ छ । रातीदेखि आएर लाइन बसेको भन्ने पनि यत्तिकै छन् । कुनै पनि मन्दिर व्यवस्थापन समितिले कोरोनाको परिस्थितिलाई नियालेर व्यवस्थापन मिलाउन सकेको छैन । न त मन्दिरहरूमा स्वास्थ्य मापदण्डको पालना नै भएको छ । पूजा गर्न आउनेहरूले मुखमा मास्कसमेत लगाएको छैनन् । यसले गर्दा कोरोना फैलन सक्ने सम्भावना बढेको छ ।

लाखौँ सर्वसाधारण उपत्यका बाहिर गएका छन् । उनीहरूको कोरोना परीक्षणसमेत भएको छैन । उपत्यका भित्रिनेको पनि कोरोना परीक्षण भएको छैन । सर्वसाधारणहरूले पनि कोरोना हटिसक्यो भन्दै लापरबाही गरेर प्रष्टै देखिन्छ । कति बुढाबुढी र बालबच्चा बोकेर मन्दिरमा पूजा गर्न आएका छन् । तर कोरोनाले बालबच्चा पनि भन्दैन । स्वास्थ्य मन्त्रालय, पर्यटन मन्त्रालयले मठमन्दिर खुला गरेर कोरोना फैलाउने काम गर्यो ।

पर्यटन मन्त्रालय र गृह मन्त्रालयले मापदण्ड बनाएर मठमन्दिर खुला गरेको थियो । तर मापदण्ड बनाउने काम मात्र भयो अनुगमन भएन । जनताले पनि अटेर गरे । स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रण गर्न कुनै पनि कदम चालेको छैन । सरकारले कोरोना नियन्त्रणको लागि छुट्याएको बजेटबाट व्यापारीसँग सामान किन्दै कमिसन खाँदै ठिक्क छ ।

प्रतिक्रिया