पाँचथर । जिल्लाको हिलीहाङ गाउँपालिका– ४ मा बाँदर धपाउन राखेको भरुवा बन्दुक पड्किँदा ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको छ ।
आइतबार राति हिलिहाङ गाउँपालिका सिबुवा भन्ने ठाउँमा बाँदर धपाउन राखिएको बन्दुकको फायरिङ पिनको नाल फुट्दा छर्राले लागेर घाइते भएका सिगुको मृत्यु भएको प्रहरी ले जनाएको छ ।
घाइते सिगुलाई उपचारको लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको थियो । अस्पतालमा उपचारकाका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहाले जानकारी दिए । भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।
प्रतिक्रिया