पाँचथर । बाढीले पाँचथर ताप्लेजुङ सडक खण्ड माझीटारमा डाइभर्सन बगाएको छ । उक्त डाइभर्सन बगाएसँगै यातायात आवतजावत अवरुद्ध भएको छ।
तमोर करिडोरअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई सिमाना छुट्याएर बग्ने हेवा खोलामा बनाइएको डाइभर्सन बाढीले बगाएको हो । शुक्रबार बिहान आएको बाढीले डाइभर्सनका लागि लगाइएका हृयुम पाइप बगाएसँगै तमोर करिडोरको पाँचथर–ताप्लेजुङ सडक खण्ड अवरुद्ध भएको छ ।
पाँचथर–ताप्लेजुङ सडक खण्ड भएर यात्रुबाहकसँगै ठुला मालबाहक साधन आउजाउ गर्थे । आज बिहान वर्षासँगै आएको बाढीले यहाँका हृयुम पाइप बगाएको स्थानीयले जनाएका छन । हृयुम पाइप बगाएपछि जोरसाल आएर मेची राजमार्गको बाटो यातायात जान थालेका छन ।
सो बेलिबृज पहिलो पटक २०८० असार २ गतेको बाढीले बगाएको थियो । त्यसपछि बनाइएको डाइभर्सन पुनः २०८१ असोज १२ गतेको बाढीले बगाएपछि पुनः हृयुम पाइप राखेर पानी कटाउँदै यातायात सञ्चालन गराइएको थियो । उक्त डाइभर्सन बगाएको जिल्ला प्रशासन कार्यालय कार्यालयले जनाएको छ ।
प्रतिक्रिया