महानगरपालिकाले भत्कायो लाल बंगला

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साको अगाडि रहेको वीरगन्जको ऐतिहासिक लाल बंगला नामले चिनिने घर बिहीबार वीरगन्ज महानगरपालिकाले भत्काएको छ । नेपालको प्रथम रेल चल्ने उक्त ठाउँलाई रेल्वे स्टेसनका रूपमा विकास गरिएको थियो । एउटा ऐतिहासिक धरोहर बोकेको ठाउँलाई महानगरपालिकाले डोजर लगाएर भत्काएको छ । स्थानीय बासिन्दाले यस विषयमा आफ्नो बाल्यकाल यसै ठाउँमा बितेको र यसै ठाउँमा आफूहरू हुर्केको ठाउँलाई वीरगन्ज महानगरपालिकाले तहसनहस गरेको भन्दै दुःख लागेको बताएका छन् ।
लाल बंगला एउटा छुट्टै इतिहास बोकेको बंगला हो । नेपालभरी एउटा चिन्ने स्थलको रूपमा मानिन्छ यो लाल बंगला भनेको नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक पर्यटकीय स्थलको रूपमा मानिन्छ ।

वीरगन्ज महानगरपालिकाले लाल बंगलालाई म्युजियमका रूपमा विकास गरेको भए कति राम्रो हुन्थ्यो । वीरगन्जका विभिन्न ऐतिहासिक ठाउँहरूको फोटोहरूलाई सम्हालेर यसमा राखेर संगालेर हामीले वीरगन्जको सम्पूर्ण जानकारीलाई विभिन्न ठाउँमा प्रचार गर्न सक्थ्यो । साथै म्युजियममा घुम्नका लागि वीरगन्ज महानगरपालिकाको पर्यटकीय स्थान थियो । नेपाल र भारतको जनताले त्यो म्युजियममा घुमफिर गरी पैसा तिरेर जान्थे । यसले वीरगन्जको समेत सान बढेको स्थानीयको बुझाइ छ । तर वीरगन्ज नगरपालिकाले विकासको नाममा यस्ता ऐतिहासिक ठाउँलाई मासेर कस्तो विकास गरिरहेको छ स्थानीयले गुनासो गरेका छन् ।

प्रतिक्रिया