जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा रजौरे

काठमाडौं । नेपाल प्रहरीका तीन जना एसएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा एसएसपी वसन्त रजौरे सरुवा भएका छन् । यसअघि उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।

यसैगरी परिसरको हालका प्रमुख भूपेन्द्र खत्रीको प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । यसैगरी उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी रानुराम भट्टराईको सरुवा भएको छ ।

यसअघि अपराध अनुसन्धान कार्यालयमा सोमेन्द्र सिंह राठौर रहेको थिए । यस्तै तालिम केन्द्र विराटनरगमा एसएसपी अभिनारायण काफ्लेको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया