निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी

काठमाडौं । निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएर बनेको अशोक राई नेतृत्वको ‘जनता समाजवादी पार्टी’ दर्ता भएको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गरी राईको नेतृत्वमा नयाँ दल दर्ता भएको हो । राईसहित प्रतिनिधिसभाका ७ जना सांसदहरुले नयाँ दर्ताका लागि आइतबार आयोगमा आवेदन दिएका थिए ।

उनीहरुको निवेदनउपर सोमबार आयोगले राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीका आधारमा जनता समाजवादी पार्टी नामक दल दर्ता गरी अभिलेखीकरण गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

उनका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावलीको नियम ५ बमोजिम दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको हो । आइतबार बसेको आयुक्तहरुको बैठकले राई नेतृत्वको जनता समाजवादी पार्टीलाई दलको मान्यता दिने निर्णय गरेको थियो । तर साेमबार आयोगले दलकाे मान्यता दिएको हो ।

प्रतिक्रिया