‘जवानी मनलाई’ सार्वजनिक

काठमाडौं । गीतकार जीवन मुकारुङको गीत ‘जवानी मनलाई फुलैमा सारी’ को भिडियो सार्वजनिक भएको छ । गायक अशोक मुकारुङ र गायिका जुनी खालिङ राईको आवाज रहेको गीतमा कृष्णभक्त राईले संगीत तथा संगीत संयोजन गरेका छन् । भिडियोमा गायक अशोक तथा गायिका जुनीको अभिनय छ । दुर्गा बान्तवा तथा मनोज राईको सिनेम्याटोग्राफी र जीवन मुकारुङले सम्पादन गरेको भिडियोलाई जुनी खालिङ राईको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सिंगापुर पुलिसमा दुई दशक सेवा गरेका गीतकार जीवनका यसअघि तीन एल्बम, एक गीति पुस्तक र एक सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।

प्रतिक्रिया