आचार संहिताको अचार र सामाजिक सद्भाव

मीरा राजभण्डारी अमात्य 

मल्ल राजाका पालामा काठमाडौं उपत्यकामा बनेका भौतिक संरचनाहरू शाह राजाका पालामा समाप्त पारिए । पञ्चायतकालमा सार्क सम्मेलनको बहानामा काठमाडौंका बिभिन्न स्थानका मूल्यवान जग्गा र घर हडपेर सडक बिस्तार गर्ने काम भयो । भूमि सुधार गुठी संस्थान आदिइत्यादि ऐनका नाममा काठमाडौंका रैथानेलाई समाप्त पारियो । राजा त्रिभुवनका नाममा विश्वविद्यालय स्थापना गर्ने भन्दै कीर्तिपुरेहरूलाई भूमिहीन बनाइयो ।

अहिलेको सञ्चार प्रविधिको युगमा जहाँ सहरदेखि दूरदराजका गाउँघरमा कलिला बालबालिकादेखि नीति निर्णय तहसम्मका हातहातमा मोबाइल नामको प्राविधिक जिनिस पुगिरहेको अवस्थामा मिडिया वा आमसञ्चार जगतमा प्रकाशित र प्रसारित हुने विषयवस्तु र मुद्दाहरूले सरोकारवालाहरू माझ कस्तो मानसिक प्रभाव पार्दै छ र पार्न सक्छ सहजै अनुमान गर्न सकिन्छ । प्रेस काउन्सिल नेपालले ०७८ वैशाख १६ देखि ०७८ जेठ ४ सम्म गरेको सञ्चार अनुगमनमा ६५ वटा विविध सञ्चार माध्ययमहरूले आचार संहिता उल्लंघन गरेको आफनो वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।

मेरो पत्रकारिताको विगत केलाउने हो भने पत्रकारिताको कखरा सिकाउने गुरुहरूमध्ये नारायण वाग्लेको स्थान पनि निकै सम्माननीय छ । स्मरणमा पत्रकारितालाई बुभ्mदा, पत्रकारिताको आचार संहिता र समाजप्रतिको पत्रकारिताको कर्तव्य र जिम्मेवारीको बोध गराउने जिम्मावालको रूपमा म उनलाई दरिएको देख्छु र देख्थेँ । ०५५ सालतिर आपूm सिकारु पत्रकार भई एक दैनिकमा खटेको बेलाको एउटा घटना मानसपटलमा क्लिक हुन्छ र म प्रश्न गर्छु आपैmँसँग, के सुनुवार (दलित ? यदि सुनको काम गर्ने हो भने नेवा समुदायमा शाक्य अर्थात बाँडाहरूले सुनको काम गर्ने र बहाल मन्दिरमा पुजारीको काम गर्छन्, दलित होइनन् ) र घरबेटी प्रकरणमा खुलेआम बधाई दिने महामहिम वरिष्ठ पत्रकार तिनै वाग्ले महोदय हुन् ? जसले डिपो प्रोभेराको (हाल संगिनी सुई) साइड इफेक्टले महिलाहरूमा सुगरको रोग निम्त्याइरहेको विषयमा काठमाडौं पोस्टका मेरा सहपाठी इक्षा क्षेत्री र मैले डाक्टर अरुणा उप्रेतीको सल्लाह बमोजिम काठमाडौंका मैतिदेवी लगायतका घनाबस्ती भित्रका महिलाहरूसँग लिएको अन्तर्वार्तामा आधारित स्टोरी रिपोर्ट छाप्न नमानेका थिए । महामहिमको अनुरोध थियो–‘त्यसै पनि नेपालमा जनसंख्या बढिरहेको अवस्था छ यस्तो स्टोरीले समाजमा राम्रो सन्देश जाँदैन, माइन्ड नर्गनुहोला ।’ आपूmलाई महिला अधिकारका सवालमा भन्दा महिलाको स्वास्थ्यमा पर्ने असरले घरपरिवारको लालनपालनमा हुने नकारात्मक असरबारे चासो भएकै कारण कान्तिपुर दैनिकले सो रिर्पोट प्रकाशित नगरे पनि एक साप्ताहिकमा (अहिले नाम बिर्से) सो रिपोर्ट प्रकाशित गरेरै छाड्यौँ । सिकारु पत्रकारको मानसिकता ।

अचेल केही वर्ष यता हाम्रा पत्रकारिताका बरिष्ठ गुरुहरूले सिकाउनुभएको आचार संहिताको पाठलाई हाम्रो वर्गले खास नाघ्न नसकेको देख्छु तर अहिलेको आमसञ्चारमा छाएका मेरा पत्रकारिताका गुरु महोदयहरूबाटै किन आचार संहिताको अचार बनाउने काम हुँदै छ, एक आमसञ्चारका अध्ययनकर्मीको रूपमा मथिंगल घुमाउँदा भाउन्न हुने गर्छ अचेल मलाई । केही वर्ष यता आमसञ्चार माध्यम संघीय राजधानी काठमाडौं उपत्यका र मधेसका सवालमा निकै कठोर बनेको अनुभूति हुन्छ । त्यसैले केही समय यता मेरो यस विषयमा खास कुराकानी बहस घुर्की र लुर्की मेरै पत्रकारिताक गुरु वर्गसँग हुने गरेको स्मरण उहाँहरूलाई पक्कै संझना हुनै पर्छ । बहसकै क्रममा कति सम्माननीयहरूले मलाई सामाजिक संजालमा समेत ब्लक गरिदिनुभएको छ भने कतिलाई मैले ब्लक गरिदिएको छु ।

वास्तवमा काठमाडौं उपत्यका जहाँ विकासका लागि आवश्यक पूर्वाधारको खास कमी छैन, मात्र ती पूर्वाधारहरूलाई व्यवस्थापन मात्र गरेमा काठमाडौं उपत्यका हरेक स्रोत साधनका लागि माइल स्टोन हो र हुन सक्छ । तर, काठमाडौं उपत्यका र यस क्षेत्रका आदिवासी र आदिवासी जनजातिसँग सरोकार राख्ने जल, जमिन, जंगल र जीवनयापन लगायतसँग सरोकार राख्ने संस्कृति भाषालाई मास्ने नै उद्देश्यले बनाएका नीतिहरू र बनाउँदै गरेका नीति निणर्यका विरुद्धमा र उपत्यका देखिका सुदूरमा रहेका प्राकृतिक सम्पदा लगायतको प्रयोग र विकासका पूर्वाधारलाई प्रयोग गरी समग्र राष्ट्रको सर्वागीण विकासका लागि आवाज दन्काउन किन सकिरहेको छैन । यो अहिलेको आमसंचार माध्यमसँग नागरिक समाज र राज्यले उठाउनै पर्ने सवालहरू हुन् । जातीय विभेद र बहिष्करणका सवालमा अझै पनि सामाजिक रूपान्तरण सहितको नयाँ नेपालका लागि अग्रगामी पहल गरिएका भएका सुदूर दुर्गम जिल्ला र क्षेत्रमा भए गरिएका रुकुम सोती घटना लगायतका भवितव्यले विकास र पत्रकारिता बीचको सम्बन्धलाई नजिकबाट नियालिरहेका म जस्ता पत्रकारिताका विद्यार्थीलाई अचम्म र उदेक लाग्ने गरेको छ ।

पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीज्युले आप्mनो पदभार ग्रहण लगत्तै नेपालका गाउँघरतिर तुइन विस्थापित, घरघरमा बाल्ने ग्यासको पाइप लाइन र हावाबाट बिजुली निकाल्नेजस्ता मिठा सपना बाँड्नुभएको कति वर्ष भयो कुन्नी तर अरूभन्दा तुइन विस्थापित भएमा धेरै बालबालिकाले ज्यानको बाजी लगाएर स्कुल पढ्न जानु नपर्ने सुसमाचारले भने मन फुरुंग भएकै हो र अहिलेसम्म कति तुइन विस्थापित भए सो बारे सुखद् समाचारका लागियो कान र आँखाले मिडिया अवलोकन गरेको ग¥यै छ पनि । कति आमसञ्चारले खिसी टिउरी गरेका ‘खयाली पुलावका अभियन्ता’ भनेर पूर्वप्रधानमन्त्री श्री ओलीलाई पगरी लगाइदिनेभन्दा आमसञ्चारले प्रधानमन्त्री ज्युको सो अभियानलाई निरन्तरता दिन झकझक्याउने काम खासै भएजस्तो लाग्दैन ।

समग्र मानव विकासले मानिसमा मानवीयता र मानव प्रेमको भावना उव्जाउने खास तथ्यलाई पर सार्ने हिजोकै पुरातन शैली हो जातीय विभेद र बहिष्करणका खास कारण । काठमाडौं उपत्यका भित्रका रैथानेमा जातीय सवालले खास समस्या लिन छोडेको छ । खास मानेमा भन्नुपर्दा सनातन वैदिक हिन्दू खसआर्य समाजमा जस्तो जातीय विभेद नेवा समाजमा छैन । काठमाडौंका सबै मन्दीहरूमा विषेशगरी शक्तिपीठहरूमा सो कल्ड दलितमा (नेवा समुदायमा दलित शव्द नै छैन) दरिएका द्योला जाति पुजारी हुने गरेका छन् । वास्तवमा द्योला शव्द नै नेपाल भाषामा भगवानका पुजारी वा संरक्षकका रूपमा दरिएको छ । भक्तपुरका वरिष्ठ नेता माइला बाबु द्योलाले दलितको कोटामा समानुपातिक सांसद पद अस्वीकार गरी आपूm र आप्mना समुदायमा दलित नभएको तर्कसहित सो पद छोडेको बलियो प्रमाणले वास्तवमा खसआर्य समाजले लादेको दलित समुदायको पगरी अब नेवा समाजले फुकालेर फाल्नै पर्ने देखिन्छ । थप नेवा समुदायमा कर्मको आधारमा श्रम स्वतन्त्रताको सवाल र सुनिश्चततालाई अर्थात अरूको श्रम खोस्न नपाइने तत्कालीन समाजको अर्थ व्यवस्था र व्यवस्थापनलाई कालान्तरमा खसआर्य समाजकै सिको गरेर दलितको वर्गमा सूचीकृत गरिएको यो मुद्दालाई नेवा समुदायले संविधानगत त्रुतिका रूपमा बहस गरी किनारा लगाउन जरुरी छ ।

फेरी पनि दलित घरधनी प्रकरणमै

मल्ल राजाका पालामा काठमाडौं उपत्याकामा बनेका भौतिक संरचनाहरू शाह राजाका पालामा समाप्त पारिए । आदीवासी जनजातिको जग्गा खोसेर आफन्तलाई बाँड्ने अभियान शाह राजाका पालामा खुव चम्कियो । पञ्चायतकालमा सार्क सम्मेलनको बहानामा काठमाडौंका विभिन्न स्थानका मूल्यवान जग्गा र घर हडपेर सडक बिस्तार गर्ने काम भयो । भूमि सुधार गुठी संस्थान आदि इत्यादि ऐनका नाममा काठमाडौंका रैथानेलाई समाप्त पारियो । राजा त्रिभुवनका नाममा विश्वविद्यालय स्थापना गर्ने भन्दै कीर्तिपुरेहरूलाई भूमिहीन बनाइयो । शाह राजाहरूको भित्री उद्देश्य के थियो कुन्नी तर जल, जमिन र जलवायुसँग प्रत्यक्ष सरोकार राख्ने सिमसार क्षेत्रहरू काठमाडौंका कतिपय पोखरीहरू मासिए । हालको दशरथ रंगशाला क्षेत्र जहाँ पानी जम्मा भइरहन्थ्यो र सो लगायतका सिमसार क्षेत्रले काठमाडौंका भित्री सहरका ढुंगे धाराहरू रसाउने बग्ने प्राकृतिक प्रक्रिया भइरहन्थ्यो । ती सुक्न थाले वा सुकाउने नियत थियो । जल, जमिन र जलवायुसँग प्रत्यक्ष सरोकार राख्ने सांस्कृतिक र सामाजिक जीवनचक्रलाई क्रमशः धरापमा पार्ने काम हुँदै आएको छ ।

देशभरिका मात्र होइन संसार भरिकाहरू बीच सामाजिक सौहाद्रता र मेलमिलाप रहेको सुन्दर यँे दे वा कान्तिपुर वा काठमाडौंमा सामाजिक विचलन ल्याउन वर्षौंदेखि अनेक ताण्डव हुँदै आएको छ । प्रत्यक्ष रूपमा देखिएकै छ, काठमाडौंका रैथाने (जसमा आदि कालदेखि बसोवास गर्दै आएका गैर नेवा, खसआर्य समेत) माथि भएको गरिएको दमन र अन्यायविरुद्ध आवाज बुलन्द हुँदा गरिँदा उपत्यकाका रैथाने एकातर्फ र अन्य विस्थापित वा बसाइँसराइ गरी उपत्यका बसोवास गर्न थालेका जति अर्को लर्कोतीर हुँदै गएको देखिन्छ । गत वर्ष रुकुमको जातीय दुर्घटनामा खसआर्य दलित जति एक ठाम थियो भने खसआर्य गैरदलित अर्को ठाममा, तर अहिले काठमाडौंमा भएको तीलको पहाड बनाउने कथित दलित घर धनी प्रकरणमा भने पत्रकारिता क्षेत्रभित्रकै नामुद खसआर्य विद्वानहरू समेत जनै खुस्किने गरी रैथाने नेवाविरुद्ध लागेको देखियो । वास्तवमा सदियौँदेखि हुँदै आएको दलित माथिको अन्यायविरुद्ध सबै लाग्नै पर्छ । दलित मात्रै किन खसआर्य ब्राह्मण वैश्य जो गरिब र विपन्न छन्, जो राज्यको नीतिगत निकायमा पहुँचविहीन छन्, जो भूगोलको कारण बहिष्करणमा परेका छन्, आदिवासी जनजाती, महिला र सिमान्तकृत, मधेसी र लोपोन्मुख समुदायमाथिसमेत भएगरिएका अन्याय र विभेदका विरुद्ध आमनागरिक लाग्नै पर्छ । तर, हिजो अस्तीदेखिका सिलसिलेवार काठमाडाैंमा भए गरिएका घटनाहरू विशेष घरधनी र डेरावालबीच लडाउने र पछार्ने र उचाल्ने प्रक्रिया अब चरमचुलीमा पुगेको अवस्था छ, यो अनावश्यक द्वन्द्वले थाहा छैन काठमाडौंका कुन गल्लीमा, कुन दिन, कुन समुदायबीच झडप भई अकल्पनीय दुर्घटना हुने हो समयमै सचेत भई संयमित हुन आवश्यक छ ।

त्यसैले घर बालेर खरानी बेच्ने निम्छरो बुद्धीले हिजो रुकुम सोतीको घटनामा दोषी समुदायलाई खर्लप्प ढाक्न काठमाडांैमा बनाइएको तिल पहाड घटनालाई हावा लाउँदै आपूmमाथि सदियौँदेखि दमनकारी र सामन्ती भनी कोरेको कलंकलाई अस्थायी रङरोगन गर्ने काम नर्गदा बेश । काठमाडांैलाई हरेक मुद्दा परीक्षण गर्ने प्रयोगशाला नबनाउ । यहाँ परीक्षण गरिएका मुद्दालाई यदि उपत्यका बाहिर परीक्षण गरिन थालियो भने भविष्यमा सारा नेपाल जल्न बेर छैन । कम्तीमा पत्रकारिता क्षेत्रजस्तो संवेदनशील र बौद्धिक जगतले मर्यादित ढंगले आचार संहिताको पालना गरेर समाचार विचार प्रक्षेपण गरौँ ।

प्रतिक्रिया