चण्डीगढमा जलाइयो अक्षय कुमारको पुत्ला

मुम्बई । बलिउड अभिनेता अक्षयकुमार अभिनीत ऐतिहासिक चलचित्र ‘पृथ्वीराज’ प्रदर्शनमा आउनुअघि नै चर्चामा आएको छ । चलचित्रको नाममा समेत विवाद भएको छ । हालै शीर्षकको विरोधमा चण्डीगढमा अभिनेता अक्षयको पुत्ला जलाइएको छ । अखिल भारतीय क्षेत्रीय महासभाका सदस्यले चलचित्रको शीर्षक परिवर्तन गर्न माग गरेका छन् । यो संगठनले करणी सेनाले भनेजस्तै राजाको पूरा नाम ‘सम्राट पृथवीराज चौहान’ शीर्षक राख्न माग गरेको छ ।

एक महिनाअघि करणी सेनाले चलचित्रको शीर्षक परिवर्तन गरेर राजाको पूरै नाम राख्न भनेको थियो । उसले भनेको थियो, ‘फिल्म महान राजपुत राजामा आधारित रहेको छ । शीर्षकले यो तथ्यलाई दर्शाउँदै । सिर्फ पृथ्वीराज राख्नु अन्तिम हिन्दु शासकको अपमान हो ।’ करणी सेनाले चलचित्र प्रदर्शनअघि आफूहरुलाई देखाउनुपर्ने जिकिर गरेका छ ।

करणी सेनाका युवा विङ का अध्यक्ष तथा चलचित्र निर्माता सुरजीत सिंह राठौरले चलचित्र निर्माण पक्षले आफूहरुको सल्लाह नमाने नराम्रो परिणाम भोग्नुपर्ने बताएको थियो । उनले भने, ‘फिल्म युनिटले हाम्रो सल्लाह नमाने परिणाम पनि भोग्नुपर्छ । फिल्म ‘पद्यावत’ को दौरानमा सञ्जय लीला भंसालीको जस्तै परिणाम भोग्न यो फिल्मका निर्माता पनि तयार हुनुपर्छ ।’ ‘पृथ्वीराज’ यशराज चलचित्रको पहिलो ऐतिहासिक चलचित्र हो । यसको परिकल्पना ‘चाणक्य’ नामक दुरदर्शन धारावाहिक बनाउने निर्देशक चन्द्रप्रकाश द्विवेदीले गरेका हुन् । यस चलचित्रमा अभिनेता सञ्जय दत्त र सोनु सुदले महत्वपूर्ण भूमिकामा निर्वाह गरेका छन् ।

प्रतिक्रिया