प्रमोदको स्वरमा ‘तिमी बोलाउ मात्र’

काठमाडौं । गायक प्रमोद खरेलको आवाज रहेको ‘तिमी बोलाउ मात्र’ बोलको गजलको भिडियो सार्वजनिक गरिएको छ । नवलपुरको आभानी मिडिया प्रालिद्वारा सञ्चालित ह्याप्पी एफएमले निर्माण गरेको उक्त गजलमा तिलक बम मल्लले संगीत भरेका छन् । ह्याप्पी टाइम्स टिभीमार्फत रिलिज गरिएको सो गजललाई दीपेश कडरियाले निर्माण गरेका हुन् ।

साहित्यकार तथा पत्रकार आदर्श सुशिलले लेखेको गजललाई नवलपुरको देवचुली नगरपालिकाको विभिन्न स्थानमा छायांकन गरिएको छ । सार्वजनिक गजलको भिडियोमा प्रेमिल जोडीको वियोगान्त प्रेमकथालाई देखाउन खोजिएको छ । गजलमा रंगकर्मी राज न्यौपाने र सञ्चारकर्मी तथा मोडल एलिना केसीको अभिनय छ । जनक पाण्डेको निर्देशन रहेको उक्त भिडियोको छायांकन तथा सम्पादन रिन्कु सापकोटाले गरेका छन् ।

प्रतिक्रिया