सञ्जयलाई ‘गोल्डेन भिसा’

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तलाई युएई सरकारले गोल्डेन भिसा दिएको छ । मेजर जनरल मोहम्मद अल मर्रीको साथमा देखिएका सञ्जयले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘मेजर जनरल मोहम्मद अल मर्रीको उपस्थितिमा संयुक्त अरब इमिरेट्स सरकारले मलाई गोल्डेन भिसाबाट सम्मानित गरेको छ । यसका लागि म आभारी छ ।’

अभिनेता सञ्जय युएई सरकारबाट गोल्डेन भिसा पाउने पहिलो भारतीय कलाकार हुन् । १० वर्षको अवधि रहने यो भिसाको मुख्य उद्देश्य प्रतिभाशाली मानिसलाई युएईमै राख्नु हो ।

प्रतिक्रिया