केशवले ल्याए ‘पलपलमा’

काठमाडौं । गायक विकास लिम्बु र गायिका ममता गुरुङको स्वर रहेको ‘पल पलमा’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर गीत संगीतमा सक्रिय गीतकार केशव बैरागी ‘माइलो’ को शब्द रहेको यस गीतमा विकास चौधरीले संगीत भरेका छन् । इलाममा छायांकन गरिएको भिडियोमा मायाप्रेमको विषयलाई कलात्मक रुपमा उतारिएको र दर्शक तथा स्रोताले मनपराउनेमा आफू विश्वस्त रहेको गीतकार बैरागी माइलोले बताए ।

विक्रम डिसीको छायांकन गरेको भिडियोमा वीरबहादुर थारुको सम्पादन रहेको छ । ज्ञानु सुब्बाको कोरियोग्राफी तथा उषा मलाहा सिम्रनको निर्देशन रहेको गीतको भिडियो द मानस क्रिएसनमार्फत सार्वजनिक गरिएको छ । भिडियोमा आवृति कोइराला र रेमन कटुवालको अभिनय छ ।

प्रतिक्रिया