बलात्कार रोक्ने भित्री वस्त्र

शिवबहादुर बस्नेत

अब यो संसारमा वैज्ञानिकहरूले यस्तो प्रविधिको आविष्कार गर्नुपर्छ कि छोरीलाई यस्तो भित्री वस्त्र लगाइदिने, उनले लगाएको भित्री वस्त्र कुनै दोस्रो व्यक्तिले छुने बित्तिकै ठूलो स्वरमा बज्ने हुनुपर्छ । अथवा यस्तो भित्री वस्त्रको आविष्कार होस् छोरीलाई त्यो भित्री वस्त्र लगाइदिएपछि ताल्चा मार्ने जुन साँचो आमाबुबासँग होस् र पिसाफ फेर्दा ताल्चा खोल्न नपर्ने होस् ।

यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस भोलि अर्थात फागुन २४ गते परेको छ । नारी दिवस मनाउनुको आफ्नै महत्व छ । किनकी नारी भनेको यो संसार देखाउने आमा हो । नारी भनेको विवाहित जोडीको लागि एक रथका दुई पांग्रा हो । नारी भनेको घर व्यवहार चलाउने घरको लक्ष्मी हो । नारी सौन्दर्यको खानी हो । नारीलाई कुट्नु भनेको गाई कुटे बरावर पाप लाग्छ । नारीलाई हामी सबैले सम्मान गर्नुपर्छ । एक वर्षमा एक दिन मात्र सम्मान गरी दोसल्ला ओढाएर केही धनराशिको चेक हस्तान्तरण गरेर मात्र पुग्दैन । नारीलाई ३ सय ६५ दिनमा ३ सय ६५ दिन नै सम्मान गर्नुपर्छ । वीरको तलवारलाई पनि नारीको आँसुले अलमल्याइदिन्छ । राधाकृष्णको प्रेमको परिभाषा पनि यहि छ कि जसले नारीलाई प्रेम गर्छ, सम्मान गर्छ त्यो व्यक्तिदेखि भगवान् खुसी हुन्छन् । राधा र कृष्णमा भेद छैन । संसारमा लीला गर्नको लागि दुई रूप बनेका हुन् । संक्षेपमा गोपी प्रेम भनेको निःस्वार्थ भगवान् श्रीकृष्ण प्रतिको प्रेम हो । सयमा सय प्रतिशत कृष्ण भगवानको सुखको लागि मात्र प्रेम गर्ने आफ्नो सुख सपनामा पनि नचाहने । त्यसैले शंकर भगवान् गोपीको चरणधुली मेरो शिरमा लगाउन पाए म धन्य हुन्छु भनेर भन्छन् । जुन घरमा नारी रमाउँछिन् त्यहाँ देवताको वास हुन्छ । भगवान् श्रीकृष्णले गीतामा नारीहरूमा कीर्ति, श्री, मधुर वचन, स्मृति, मेधा, धृति एवं क्षमा मै हुँ भनेका छन् भने आफ्नो प्रेमिका राधाको खुब तन मनले सेवा गरेका थिए ।

नारीलाई दुव्र्यवहार गरी हिजोआज बलात्कार जस्तो अपराध गरिरहेका छन् जुन कुरो साह्रै नै निन्दनीय छ । यो कुराको जति नै निन्दा गरे पनि पुग्दैन । यस्ता अपराधीलाई कानुनले पनि कडाभन्दा कडा सजाय दिन सक्नुपर्छ । निर्दोष पर्नु हुँदैन । सरकारको तर्पmबाट नै नारीहरूलाई कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भनेर प्रभावकारी कदम चाल्नुपर्छ भने घर परिवारबाट आमाबुबाले पनि छोरीहरूको विषयमा चिन्ता, सुरक्षा लिएकै हुन्छ । नारीले नै चक्रवर्ती राजा, वीर पुरुषहरू जन्माउँछिन् । आमा भनेको पृथ्वी हो भने बुबा भनेको आकाश हो । कस्तो पृथ्वीजस्तो सहनशील भनिन्छ नि ऊ आमा नै हो । बुबालाई आकाशजस्तो महान भनिन्छ । शिव र पार्वतीको अर्धनारीश्वर रूपको अर्थ पतिपत्नीको प्रेम रूप हो । ५० प्रतिशत पतिले पत्नीलाई माया गर, ५० प्रतिशत पत्नीले पत्नीलाई माया गर भन्ने हो । अब यो संसारमा वैज्ञानिकहरूले यस्तो प्रविधिको आविष्कार गर्नुपर्छ कि छोरीलाई यस्तो भित्री वस्त्र लगाइदिने, उनले लगाएको भित्री वस्त्र कुनै दोस्रो व्यक्तिले छुने बित्तिकै ठूलो स्वरमा बज्ने हुनुपर्छ । अथवा यस्तो भित्री वस्त्रको आविष्कार होस् छोरीलाई त्यो भित्री वस्त्र लगाइदिएपछि ताल्चा मार्ने जुन साँचो आमाबुबासँग होस् र पिसाफ फेर्दा ताल्चा खोल्न नपर्ने होस् । फलामको घर भित्र बस्दा पनि बाहिरबाट गोली हान्दा त्यो फलामको पर्खालभित्र छिरेर भित्र बसेको व्यक्तिलाई गोली लाग्ने बन्दुक बनाइसकेको अवस्थामा ती माथिका हरफलाई ध्यान दिएर बलात्कार भन्ने घटना नै संसारबाट सदाको लागि हराउने थियो ।

शास्त्रले ब्याख्या गरेको नारीको ३२ लक्षण ः १. पद्मासनमा बस्दा वृत्ताकार गोलो आसनमा देखिनु । २. हातका औँला लामा–लामा हुनु । ३. औँलाका कापमा छाला केही बढी र जोड्दा टम्म मिलेका हुनु । ४. छाला नरम हुनु र उमेर ढल्किएको अवस्थामा पनि युवावस्थाको जस्तै तेज हुनु । ५. शरीरमा विभिन्न थरीका सात सुगन्ध हुनु । ६. हरिणका जस्ता गोडा हुनु । ७. गुप्तांग गुप्त रहनु । ८. शरीरको माथिल्लो भाग सिंहको भैmँ सलक्क मिलेको हुनु । ९. शरीरका अंग सुगठित हुनु । १०. काँध पुष्ट, चौडा र गोलो हुनु । ११. पाखुरा राम्रोसँग फर्कने हुनु । १२. लामा पाखुरा हुनु । १३. सम्पूर्ण शरीर तेजोमय हुनु । १४. शंखजस्तै घाँटी हुनु । १५. सोझो र सिंहको जस्तो चिउँडो हुनु । १६. बत्तीसवटा दाँत हुनु । १७. दाँत चम्किला हुनु । १८. समान र टमक्क मिलेका दाँत हुनु । १९. स्वच्छ र सुन्दर बंगारा हुनु । २०. लामो जिब्रो हुनु । २१. सानोभन्दा सानोसम्मका विभिन्न स्वाद लिने क्षमता हुनु । २२. भँगेराको जस्तो स्वर हुनु । २३. ब्रम्हाको जस्तो मौलिक ज्ञानपूर्ण वाणी हुनु । २४. आँखीभौँका वीचमा कोमल र सुक्ष्म रेखा हुनु । २५. आँखीभाँै नीलकमलको रंगजस्ता हुनु । २६. मिलेको केश हुनु । २७. अकबरी सुनजस्तै प्रदिप्त शरीर हुनु । २८. प्रवल र प्रभावशाली व्यक्तित्व हुनु । २९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु । ३०. नीलमणिजस्तो कालो र टल्कने केश हुनु । ३१. स्तन, नितम्ब, कम्मर आदि सबै शारीरिक लक्षण आकर्षक हुनु । ३२. दुढ स्वभाव हुनु ।

नारी भनेको शक्ति हो । देवीभागवतको प्रसंग जोडे एकचोटी महादेव र विष्णु भगवान्ले ठूला ठूला दानवलाई मारेर आआफ्नो लोक जानुभयो र कैलाशमा महादेवले र विष्णुलोकमा विष्णुले क्रमशः पार्वती र लक्ष्मीलाई तिमीहरूले ठूलो पुरुषार्थी लोग्ने भेट्टाएछौ भनेर भने त्यसो भन्ने बित्तिकै भगवान्लाई पनि घमण्ड चलेछ भनेर लक्ष्मी र पार्वती अन्तध्र्यान भइन् त्यसपछि पालनकर्ता विष्णु र संहारकर्ता महादेवको शक्ति नै हरायो शक्ति हराएपछि ती दुबैले केही काम गर्न नसक्ने लुम्रे र झुम्रे भए । ऋषिले ६० हजार वर्ष तपस्या गरेपछि देवी प्रकट भएर वरदान मागभन्दा विष्णु र महादेव पहिलाको जस्तो काम गर्न सक्ने शक्ति प्राप्त होस् भनेर भने त्यसपछि देवीले तथास्तु भनिन्, ‘म आउन त आउँछु तर पहिलाको जस्तो घमण्ड नगर्नु है भनेर सुनाउनु भनिन्’ । त्यसपछि अन्तध्र्यान भएको लक्ष्मी र पार्वती प्रकट भइन् त्यसपछि विष्णु र महादेवमा पहिलाको जस्तै शक्ति प्राप्त भयो ।

द्रौपदीको अपमानको कारणले महाभारतको युद्ध भयो । सीताको अपमानको कारणले श्रीरामले रावणलाई मार्नुप¥यो । यो घटना लोकशिक्षाको लागि भगवान्ले लीला गरेका हुन् । त्यसकारणले नारीको सधैँ सम्मान गर्नुपर्छ । नारी वेश्या नै भए पनि सम्मान गर्नुपर्छ किनकी ती नारी कसैको आमा हो, कसैको दिदी हो, कसैको बहिनी हो । हामीले अरूलाई हेर्दा दायाँ आँखाबाट सम्मान, बायाँ आँखाबाट प्रेमभावले हे¥र्यौं भने न कसैको अपमान गर्नुपर्छ न कसैको तिरस्कार गर्नुपर्छ, कुनै कुरामा पनि झगडा हुने कुरै भएन । जताततै शान्ति पैmलिन्छ ।

प्रतिक्रिया