प्रितमको ‘म पागल सरी’

काठमाडौं । भारतीय टेलिभिजन कार्यक्रम ‘सा रे ग म प’ को फस्ट रनरअप गायक प्रितम आचार्यको आवाज रहेको ‘म पागल सरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रभाकरदेव शर्माको शब्द रहेको गीतमा शशीविक्रम थापाले संगीत तथा संगीत संयोजन गरेका छन् ।

अमेरिकाको इन्टरनेसनल फ्रेन्ड्स बार रेस्टुरेन्ट फेएर फिल्ड, ओहिओमा हालै एक कार्यक्रमका बीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि इन्टरनेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले प्रवासमा बसे पनि नेपाली कला संगीतलाई हरेक पल सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका सभापति एलडी बास्तोलाले प्रवासमा बसेर पनि गीत सिर्जना गर्न सराहनीय कार्य भएको धारणा व्यक्त गरे ।
सार्वजनिक गीतको भिडियोमा मुकेश अधिकारी, गोमा बाँस्कोटा, निश्चल अधिकारी, लिजा बास्तोला र आयुष रिजाल लगायतको अभिनय छ । रुपेश उप्रेतीले निर्देशन गरेको भिडियोको छायांकन तथा सम्पादन योगेन थापाले गरेका छन् । एलडी बास्तोलाले लगानी निर्माण गरेको भिडियोलाई हाम्रो आफ्नै टिभी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया