मुकेश र सम्झनाको ‘मुटुभित्र मायालु’ सार्वजनिक

काठमाडौं । लोकदोहोरी गायक मुकेश पुलामी मगर र गायिका सम्झना पुन मगरको आवाजमा रहेको गीत ‘मुटुभित्र मायालु’ सार्वजनिक भएको छ । गणेश अधिकारीको शब्द रचना र संगीत रहेको उक्त गीतमा सागर विरहीको संगीत संयोजन रहेको छ ।

मालाश्री स्टुडियोमा उक्त गीत रेकर्ड गरिएको हो । त्यसैगरी अमर सुनारले गीतको भिडियोमा निर्देशन गरेका छन् भने सुरेश श्रेष्ठले खिचेका हुन् । रोशन गाहा मगरले सम्पादन गरेको उक्त भिडियोमा मोडल अञ्जली अधिकारी र रेशम चिडी मगरले अभिनय गरेका छन् ।

नजिकै आइरहेको बडा दशैँको छेको पारेर मायाप्रेमका विषयलाई प्रस्तुत गरी गीत बजारमा ल्याएको गायक मुकेश पुलामीले बताए । गीतले लोक संगीतको मौलिकतालाई कदर गरेको समेत उनले जिकिर गरे ।

प्रतिक्रिया