दीपिकाका फलोअर्स ५ करोड

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणका सामाजिक सञ्जाल इन्स्टाग्राममा ५ करोड फ्लोअर्स पुगेका छन् । हुनत बलिउडका केही कलाकारलाई अहिले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट अनफ्लो गर्ने लहर नै चलेको छ ।

खासगरी, बलिउडकर्मीका छोराछोरीहरु यसको सबैभन्दा ठूलो शिकार भएका छन् । निर्देशक तथा निर्माता करण जोहर, अभिनेत्री आलिया भट्ट, सोनाक्षी सिन्हा, अनन्या पाण्डे, जान्हवी कपुर लगायतका कलाकारलाई सामाजिक सञ्जालबाट अनफ्लो गर्ने लहर नै चलेको छ ।

तर, केही बलिउडकर्मीलाई भने दर्शकले निरन्तर पछ्याइरहेका छन् । यसमा अभिनेत्री दीपिकालाई इन्स्टाग्राममा पछ्याउनेको संख्या ५ करोड पुगेको हो ।

अभिनेत्री दीपिकाले ५ करोड फलोअर्स पुगेपछि खुशी व्यक्त गर्दै आफू सम्पूर्ण दर्शकप्रति आभारी रहेको जनाएकी छन् । उनले भने १ सय २६ जनालाई मात्र फ्लो गरेकी छन् । ‘ओम शान्ति ओम’ बाट बलिउड नगरीमा छिरेकी दीपिकाको अभिनयलाई दर्शकले रुचाउँदै आएका छन् ।

प्रतिक्रिया