विनोदको ‘मुटु छिया छिया’

काठमाडौं । गायक विनोदबाबु केसीको शब्द तथा संगीत रहेको नयाँ गीत ‘मुटु छिया छिया’ सार्वजनिक भएको छ ।

मालिका इन्टरटेन्मेन्टको युट्युबबाट सार्वजनिक उक्त गीतमा गायिका टीका पुन र गायक गणेश सिंह ठकुरीको स्वर रहेको छ । काजिश श्रेष्ठको निर्देशनमा रहेको गीतको भिडियोमा काजी सुन्दास, रिया राई, डिएस थापा, संगीता थापाको अभिनय छ ।

पछिल्लो समय हरेक लोकपारखीको मन मुटुमा बस्न सफल केसीको अहिले बजारमा काँडे बयर, कान्छी लगायतका गीत चर्चामा छन् । उनले थुप्रै गीत बजारमा ल्याइसकेका छन ।

प्रतिक्रिया