‘पछ्यौरी चुनीको’ सार्वजनिक

काठमाडौं । लोक दोहोरी गीत ‘पछ्यौरी चुनीको’ भिडियो सार्वजनिक भएको छ । परम्परागत संस्कृति झल्कने मौलिक भाकामा तयार पारिएको कौडा गीतमा गायक दयाराम गुरुङ र गायिका राधा गुरुङको आवाज रहेको छ ।

मौलिकतालाई ध्यान दिएर तयार पारिएको गीतमा प्रेमको भावनात्मक रूपलाई प्रस्तुत गरिएको गायक गुरुङले बताए । उनले गीतमा जनजीविकाका विभिन्न अनुभव र अनुभूतिलाई समावेश गरिएको जिकिर गरे । गीतमा गायक दयारामको शब्द तथा लय सिर्जना रहेको छ ।

अर्जुन थापाले निर्देशन गरेको भिडियोमा सुशिल डाँगीको छायांकन तथा निरज केसीको सम्पादन रहेको छ । गीतको भिडियोमा निर आले र सावित्रा भुजेलको अभिनय छ ।

प्रतिक्रिया