सबैलाई जोड्ने पर्व माघे संक्रान्ति

नेपालमा जति धेरै समुदाय छन् चाडपर्व पनि त्यति नै छन् । अधिकांश चाडपर्व कुनै एक विशेष समुदाय केन्द्रित छन्, तर माघे संक्रान्ति यस्तो पर्व हो जो सबै समुदायमाझ उत्तिकै लोकप्रिय छ । वास्तवमा माघे संक्रान्तिलाई नेपालको राष्ट्रिय चाडभन्दा फरक पर्दैन 

विविध भाषाभाषी भएको हाम्रोजस्तो मुलुकमा हरेक दिन कुनै न कुनै चाडपर्वहरू पर्ने गर्दछन् । आज माघ १ गते । आजको दिनलाई नेपालीहरूले माघे संक्रान्तिको रूपमा मनाउने प्रचलन छ । आजको दिनमा कतिपय स्थानहरूमा ठूलो मेला, हाटबजार लाग्ने गर्छ । माघे संक्रान्तिसँग जोडिएका खानेकुराहरूमा घ्यू, चाकु, तिलको लड्डु, तरूल, सेल, फुलौरा आदि पर्दछन् ।

आजको दिनलाई मकर संक्रान्ति, माघी आदि नामले पनि चिनिन्छ । नेपालमा जति धेरै समुदाय छन् चाडपर्व पनि त्यतिनै छन् । अधिकांश चाडपर्व कुनै एक विशेष समुदाय केन्द्रित छन्, तर माघे संक्रान्ति यस्तो पर्व हो जो सबै समुदायमाझ उत्तिकै लोकप्रिय छ । वास्तवमा माघे सक्रान्तिलाई नेपालको राष्ट्रिय चाडभन्दा फरक पर्दैन ।

ज्योतिष पण्डित भरतमणि मरासिण्ण्नीका अनुसार सौर तिथिको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो । त्यस्तै पशुपति स्थित सूर्यघाट मेलमिलापका केशवप्रसाद चौलागाईं भन्नुहुन्छ– ‘सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति)प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्दतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जान्छ ।

ज्योतिष पण्डित भरतमणि मरासिण्ण्नीका अनुसार सौर तिथिको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो । त्यस्तै पशुपति स्थित सूर्यघाट मेलमिलापका केशवप्रसाद चौलागाईं भन्नुहुन्छ– ‘सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति)प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्दतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जान्छ

सूर्यले धनु राशीबाट मकर राशीमा संक्रमण गरेको दिन भएकाले यस दिनको नाम मकर सङक्रान्ति रहन गएको र सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ अनि उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्व रहेको चौलागाईं बताउनु हुन्छ ।

आजको दिन हाम्रो देश भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुलजस्ता खाद्यवस्तु खाएर मनाइन्छ । आजको दिनमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ । माघे संक्रान्तिलाई विभिन्न भेग र विभिन्न जाती समुदायले भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ । यस पर्वलाई थारू समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्षको रूपमा मान्ने गर्छन् । आजको दिनलाई छेत्री, बाहुन, राई, लिम्बू, नेवार, गुरूङ, मगर आदि सबैले आ–आफ्ना तरिकाले मनाउने गरेको पाइन्छ ।

काठमाडौंमा यस पर्वलाई ‘घ्यूचाकु सँल्हु’ भनिन्छ खास गरी नेवारहरूले । आजको दिन चाकुमा तिल मिसाएर लड्डु बनाई खाने र दान दिने गरिन्छ भने भक्तपुरको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपङकर बुद्धको पूजा हुने गर्दछ । तिलमाधव नारायणको मन्दिरमा चढाइएको घ्यू सन्तान नभएका महिलाले नुहाइ धुवाइ गरी शुद्ध भई खाएमा सन्तान प्राप्ति हुने विश्वास रहि आएको त्यहाँका पुजारी बताउनुहुन्छ अर्को उपत्यकानजिकैको पनौतीमा मकर मेला लाग्छ । नुवाकोट जिल्लामा यस दिनलाई विशेषरूपमा मनाउने गरिन्छ । नुवाकोटका विभिन्न ठाउँहरूमा गोरू जुधाएर आजको दिन मनोरञ्जन लिने गरिन्छ । नुवाकोटको बेत्रावती र तारुकाको गोरूजुधाइ प्रसिद्ध रहेका छन् । आजको दिन गोरू जुधाइ हेर्न ठूलो सर्वसाधारणको भिड लाग्ने गर्दछ ती ठाउँहरूमा ।

पूर्वइलामको माइबेनी, झापाको कन्काई नदी, सुनसरीको बराहक्षेत्रमा आज विशेष मेला लाग्ने गर्दछ भने मैथिली समुदायमा आजको दिनलाई तिला संक्रान्तिको रूपमा मनाउँने गरिन्छ । तराईमा यस दिन खिचडी, तिल र लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ । पश्चिम नेपालको रिडीमा आज विशेष मेला लाग्ने गर्दछ । त्यस्तै देवघाटमा पनि आजको दिनमा स्नान गर्नेहरूको भिड लाग्ने गर्दछ ।

नेपाल रहेका थारू समुदायको आजको दिन सबैभन्दा ठूलो पर्व हो । आजको दिनलाई माघी पर्वका रूपमा मनाइन्छ । थारूहरूले छोरीचेलीलाई उपहार दिने, सम्बन्धलाई प्रगाढ बनाउने दिन, नयाँ आर्थिक वर्ष सुरू हुने दिन घरसल्लाह गर्ने पर्व, अगुवा चुन्ने दिन भएको सञ्चारकर्मी दिपेशराज थारू बताउँनुहुन्छ ।

आजको दिन मगर जातिले विशेष पर्वकोरूपमा धुमधामसँग मनाउँने गर्दछन् । मगरहरूको यो राष्ट्रिय पर्वको रूपमा घोषणा पनि भइसकेको छ । आजको दिनलाई पूर्व र पश्चिम मगरहरू भिन्न विशेषता र प्रकृतिमा मनाउने गरेको पाइन्छ । माघे संक्रान्तिलाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ ।

देशको विविधतासँगै धेरै समुदाय जातजातिले आ–आफ्नै तरिकाले आजको दिनलाई मनाउने गर्दछन् । यस्ता चाडपर्वहरूले हामीलाई एकै सुत्रमा बाध्ने काम गरेका छन् । देशको वर्तमान राजनीतिले हामीलाई अलग–अलग राख्न खोजे पनि हाम्रा पर्व र संस्कृतिहरूले हामीलाई जोडने गर्दछन् । यही नै हाम्रो विशेषता हो ।

यसलाई कामय राख्न सक्नु नै वर्तमान युवा पुस्ताको चुनौति हो । हाम्रो भाषा, साहित्य, कला र संस्कृति भनेको हाम्रो कुन काल खण्ड कस्तो थियो भनेर पहिचान गर्ने आधार पनि त हो । त्यसैले हामीसबैलाई जोडने यस्ता चाड पर्वहरूलाई हामी सबैले मिलेर मनाउँ र सांस्कृति मार्फत राष्ट्रिय एकतामा जोड दिऊ ।

प्रतिक्रिया