‘चपली हाइट ३’ मा अर्पण

काठमाडौं । निकेश खड्काले निर्देशन गरेको चलचित्र ‘चपली हाइट ३’ को धमाधम छायांकन भइरहेको छ । थ्रिलर कथामा बनेको यो चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ ।

निर्माता अर्जुन कुमारले निर्माण गरेको यस चलचित्रमा अभिनेता अर्पण थापाको इन्ट्री भएको छ । निर्माण पक्षले चलचित्रमा अभिनेता अर्पणको लुक्स सार्वजनिक गरेको छ । उनको भूमिका हेर्दा उनी खलपात्रको भूमिकामा देखिन लागेको अनुमान गर्न सकिन्छ । २८ चैतबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा अभिनेता अर्पणको प्रवेशसँगै टिम झनै बलियो बनेको छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको यस चलचित्रले समाजका समसामयिक घटनालाई उधिनेको छ ।

प्रतिक्रिया