‘मर्दानी २’ को ट्रेलर

मुम्बई । बलिउड अभिनेत्री रानी मुखर्जी अभिनीत चलचित्र ‘मर्दानी २’ टे«लर सार्वजनिक भएको छ । यो चलचित्रमा रानी प्रहरी अफिसर्सको भूमिकामा देखिएकी छन् । चलचित्रमा युवतीमाथि हुने बलात्कारको घटनाको छानबिन गरिरहेकी रानीलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

एक दशकअघिसम्म दर्शकमाझ उनको निकै क्रेज थियो । रानी अभिनीत प्रायः चलचित्रले राम्रो व्यापार गर्दथे । पछिल्लो समय रानीको क्रेज पहिलाको जस्तो छैन । त्यसैकारण उनले अहिले रोमान्टिकभन्दा सामाजिक विषयमा बनेका चलचित्रमा काम गरेको पाइन्छ ।

आदित्य चोपडाले निर्माण भएको गरेको यो चलचित्रलाई गोपी पुत्रनले निर्देशन गरेका छन् । सत्य घटानमा आधाारित भई बनाइएको यो चलचित्र १३ डिसेम्बरबाट प्रदर्शनमा आउँदैछ । रानीको भूमिका निकै प्रभावकारी रहेकाले यो चलचित्रले बक्सअफिसमा राम्रो कमाइ गर्ने समीक्षकले जनाएका छन् । यसअघि बनेको चलचित्र ‘मर्दानी’ बक्सअफिसमा हिट भएको थियो । चलचित्रलाई सत्य घटनामा आधारित भनिएको छ ।

प्रतिक्रिया