इरानी सुन्दरी पक्राउ गर्न रेड नोटिस जारी

तेहरान । इरानी सुन्दरी तेहरानमा असुरक्षा महसुश गर्दै फिलिपिन्समा शरण खोजेकी छन् । उनले आफ्नो जीवन नै जोमिमा रहेको भन्दै शरण खोजेकी हुन् । २०१८ मा राष्ट्रिय स्तरको सुन्दरी प्रतियोगिता जितेकी बहरेह जार बहरी एक सातादेखि फिलिपिन्सको अध्यागमन सुरक्षामा छिन् ।

तर इरानमा उनीमाथि रेड नोटिस जारी गरिएको छ । उनले भने कुनै गल्ती नगरेको दावी गरेकी छन् । बहरीले विपक्षी राजनीतिक दललाई समर्थन गरेकाले आफूलाई लक्षित गरिएको दावी गरेकी छन् । सुन्दरी प्रतियोगितामा भाग लिएर महिला अधिकारबारे प्रतिक्रिया दिएकोमा आफूलाई निशाना बनाइएको उनको भनाइ छ ।

प्रतिक्रिया