‘मयुरझैँ राम्री’ को भिडियो

काठमाडौं । गायक अशोक मुकारुङ र गायिका जुनी खालिङ राईको आवाज रहेको ‘मयुरझैँ राम्री चिटिक्क पकटुकी कसेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जीवन खालिङ राईको शब्द र कृष्णभक्त राईको संगीत तथा संयोजन रहेको छ । गीतको भिडियो निर्देशन जीवन मुकारुङले गरेका छन् ।

त्यस्तै, भिडियोको छायांकन र सम्पादन समेत मुकारुङकै रहेको छ । भिडियोको निर्माता विजय मगर रहेका छन् । भिडियो गायिका जुनीको अफिसियल युट्युबमार्फत् सार्वजनिक भएको हो ।

प्रतिक्रिया