सत्ता, शक्ति र भ्रष्टाचार

देशमा रहेका यी तमाम समस्या समाधान गरी विकास निर्माण, सुशासन, र विधिको शासन कायम गर्नुपर्ने जरुरी देखिएको छ । सधैँभरि मुलुक यही अवस्थामा रहिरहन सक्दैन, अब मुलुकले सही दिशा लिन सक्नुपर्छ । मुलुकलाई सही दिशामा अगाडि बढाउन वर्तमान सरकारले निर्णायक भूमिका खेल्नुपर्छ

आज मुलुक सत्ता स्वार्थको राजनीतिले बर्बादीको दिशातर्फ उन्मुख भएको छ । दुःखका साथ भन्नुपर्छ, मुलुकको राजनीति सही दिशातर्फ अगाडि बढ्न सकिरहेको छैन । हाम्रा दल र तिनका नेताहरूमा राजनीतिक संस्कार र संस्कृति छैन । जसले गर्दा देशको भविष्य अन्योलमा छ । हामीले देखिरहेका छाैँ, विना मेहनत रातारात धनी बन्ने होडबाजीले देश खोक्रो बन्दै गएको अवस्था छ । मुलुकमा भ्रष्टाचारले जरा गाडेर बसेको छ । भ्रष्टाचारकोलाई जरैदेखि उखेलेर फाल्न किन हिम्मत गरिँदैन ? पछिल्ला राजनीति गतिविधिहरू हेर्दा भ्रष्टाचारमुक्त समाज स्थापना गर्न कठिन देखिएको छ ।

नेताहरूले राजनीतिलाई पेशा व्यवसायका रूपमा लिएका छन् । राजनीति र शक्तिको आडमा धन सम्पति थुर्पाने होडबाजीमा लागेका छन् । यस्तो भए पछि के मुलुक बन्छ ? राजनीति भनेको समाज सेवा हो । जबसम्म राजनीतिलाई समाज सेवाको रूपमा नेताहरूले बुझदैनन् तबसम्म जतिसुकै कुरा गरे पनि देश बन्दैन । राजनीतिलाई पेसा व्यवसाय बनाएको कारणले नै नेताहरू रातारात धनी बन्दै गएका छन् । नेताहरू इमान्दार नबन्दासम्म सुशासन कायम गर्न सहज छैन । सत्ता र शक्तिको आडमा विधि र पद्धति मिचेर अगाडि बढ्न खोज्दा समस्या देखिएको छ ।

जनताका काम समयमै हुन सकेन भने लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित संविधान माथि नै आक्रमण हुने खतरा उत्पन्न हुन सक्छ । देशी विदेशी केहि शक्तिहरू यो संविधान असफल बनाउन चलखेल गरिरहेका छन् । नेपाललाई पुनः संवैधानिक अस्थिरतामा धकेल्ने षड्यन्त्र हुँदैछ । यो विषयमा सबै लोक्तान्त्रिक शक्तिहरू सचेत हुनुपर्ने आवश्यक्ता देखिएको छ 

लामो समयदेखि नेपाली जनताले थुप्रै समस्या व्यहोर्दै आएका छन् । जनताका तमाम समस्या समाधान नभएसम्म देशको विकास सम्भव छैन । सबैभन्दा पहिला जनताका आधारभूत समस्याहरू समाधान हुनुपर्छ । यो दुनियाका विकशित देशहरूबाट सिकेको कुरा हो । देशमा रहेका यी तमाम समस्या समाधान गरी विकास निर्माण, सुशासन, र विधिको शासन कायम गर्नुपर्ने जरुरी देखिएको छ । सधैँभरि मुलुक यही अवस्थामा रहिरहन सक्दैन, अब मुलुकले सही दिशा लिन सक्नुपर्छ ।

मुलुकलाई सही दिशामा अगाडि बढाउन वर्तमान सरकारले निर्णायक भूमिका खेल्नुपर्छ । राष्ट्र निर्माणको महत्वपूर्ण आधार लोकतान्त्रिक शासन प्रणाली नै हो । यो वर्तमान सरकारले जनतामा आशा जगाउन विकास निर्माणका काममा गति लिनु पर्ने आवश्यकता देखिएको छ । तर, सरकारले कुनै गति लिन सकिरहेको छैन । तीनै तहका सरकारहरूले जनताले सोचेबमोजिम काम गर्न सकेका छैनन् । तलदेखि माथिसम्म समस्यै समस्या छन् । तीनै तहका सरकारहरू जिम्मेवार र पारदर्शिरूपमा सञ्चालित हुनुपर्ने जरुरी देखिएको छ ।

लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित शासन व्यवस्था सञ्चालित हुनु पर्छ । त्यसो भयो भने मात्र आमजनतामा विश्वास पैदा हुन सक्छ । अहिले सम्म हेर्दा सरकारले एउटा पनि विश्वसनीय काम गर्न सकेको छैन । जनताका काम समयमै हुन सकेनन् भने लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित संविधान माथि नै आक्रमण हुने खतरा उत्पन्न हुन सक्छ । देशी विदेशी केहि शक्तिहरू यो संविधान असफल बनाउन चलखेल गरिरहेका छन् । नेपाललाई पुनः संवैधानिक अस्थिरतामा धकेल्ने षडयन्त्र हुँदैछ । यो विषयमा सबै लोकतान्त्रिक शक्तिहरू सचेत हुनुपर्ने आवश्यकता देखिएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले डेढ वर्ष बिताइसकेको छ । यो अवधिमा जनता सरकारबाट आशावादी हुन सकिरहेका छैनन् । आज नेपाली जनताले महंगीको ठूलो भार बोक्नुपरेको छ । कर वृद्धिले जनता यो सरकारबाट रुष्ट छन् । तीन तहका सरकारहरूलाई जनताले कर तिर्नुपर्ने बाध्यता उत्पन्न भएको छ । तीन तहका करको भार थेग्नुपर्ने अवस्था आएको छ । जनताले यो अवस्था धेरै समयसम्म थेग्न सक्दैनन् ।

सरकारले जनताका आधारभूत आवश्यकतामा पर्ने शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रलाई निजीकरण गरेको छ । जसले गर्दा शिक्षा र स्वास्थ्यमा जनताको पहुँज नै पुग्न सकेको छैन । जनताको आस्था र विश्वासबाट मात्र संविधान र संवैधानिक पद्धतिको रक्षा हुन सक्छ । नेपालको संविधान जारी भएको चार वर्ष पुग्न लाग्दासमेत जनतामा आशा पलाउन सकेको देखिँदैन । नेपालको संविधानले शासकीय स्वरूप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोक्तान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली भन्ने व्यवस्था गरेको छ । संविधान र संवैधानिक व्यवस्था सुदृढीकरणका लागि आवश्यक राजनीतिक वातावरण निर्माण गर्ने काम वर्तमान सरकारको हो । संविधानको कार्यान्वयन र सुशासनका लागि राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्ने प्रमुख जिम्मेवारी सत्तारुढ दल र सरकारको हो ।

प्रतिपक्षी दललाई पनि विश्वासमा लिएर अगाडि बढ्ने काम सरकारले गर्नुपर्छ । विकास र सुशासनका आधार बलियो बनाउँदै आम जनतालाई आशा जगाउने काम यो सरकारले गर्नुपर्छ । जनताले परिवर्तनबाट कुनै अनुभूति गर्न पाएका छैनन् । देश अहिले पनि संकटको घेराबाट मुक्त हुन सकेको छैन । १३ वर्ष लामो शान्ति प्रक्रिया टुंगियो भने पनि फेरि अशान्तिको बादल मडारिँदै छ ।

विप्लव नेतृत्वको समूहको गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएपछि हिंसात्मक गतिविधि बढ्दै गएका छन् । आमजनतामा फेरी त्रास फैलिएको छ । वर्तमान सरकारले यो समस्या समाधान नगरेसम्म दीर्घकालीन शान्ति कायम हुन नसक्ने संकेत देखिएको छ । सरकारले दमन र निषेधको रणनीति अख्तियार गरे समस्या बढ्ने देखिन्छ । देशमा गरिबी र बेरोजगारी समस्या दिन प्रतिदिन बढ्दै गएको छ । गरिबी र बेरोजगारी वर्तमान समस्या र चुनौतीका रूपमा खडा भएको छ । यस बारेमा सरकार गम्भीरताका साथ लाग्नुपर्छ ।

बेरोजगारी समस्याका कारण धेरै युवा विदेश जान बाध्य भएका छन् । यति वेला नेपालको अर्थतन्त्र अत्यन्त कमजोर अवस्थामा छ । मुलुकको अर्थतन्त्र विदेशी ऋण र अनुदानमा चलेको यो अवस्था छ । उद्योग, व्यापार र कृषि क्षेत्र फस्टाउन सकेको छैन । अहिले मुलुकमा लोक्तन्त्रको नाममा जनतालाई लुटने काम भइरहेको छ ।

जनताद्वारा जनताका निम्ति शासन गर्नु नै प्रजातन्त्रको मूल मर्म हो । प्रजातन्त्रले सबै नागरिकलाई समान अवसर प्रदान गर्छ । तर, हाम्रो देशमा प्रजातन्त्रको नाममा केही सीमित व्यक्तिले मात्र फाइदा उठाइरहेका छन् । संविधान सभाबाट नयाँ संविधान निर्माणपछिको निर्वाचनबाट नेकपाको सरकार बनेपछि देशमा शान्ति, स्थायित्व र समृद्धि कायम हुने आम जनताको विश्वास थियो । तर, जनताको विश्वासअनुसार कुनै काम हुन सकेको छैन दिन प्रतिदिन जनताको अपेक्षाविपरीत कामहरू भइरहेका छन् । अहिले मुलुकमा लोक्तन्त्रको नाममा जनतालाई लुट्ने कामबाहेक अरू केही हुन सकिरहेको छैन । भ्रष्टाचारले देश थिलैथिलो भएको छ ।

स्थानीय तहदेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दो गतिमा छ । यस्तै हो भने देश असफल हुने हो कि भन्ने चिन्ता बढेर गएको छ । अहिले लोकतन्त्रको भविष्य नै के हुने हो भन्ने आमजनतामा चिन्ता छ । लोक्तन्त्र खतरामा छ, नेताहरूबाट नै खतरा छ । अरू विरोधी शक्तिबाट त्यति खतरा छैन । परिवर्तन पछिको अभ्यासले यो संकेत गरेको छ । सत्तारुढ दलको गलत नीति, भ्रष्ट चरित्र र सत्तास्वार्थका कारण लोकतन्त्रको भविष्यमाथि खतरा देखिएको छ । ज

नताले यति धेरै विश्वास गरेर नेकपालाई दुईतिहाइ बहुमत दिए । बहुमतको सरकार चलाउँदासमेत नेकपाले देश र जनताको भाग्य र भविष्य निर्माण गर्न सकेन । सरकारले देश र जनताको नाममा सिन्कोसमेत भाँच्न सकेको छैन । यो सवालमा सरकार पूरै असफल भएको छ । यस्तो पाराले देश चल्न सक्दैन । देश बनाउन स्पस्ट मार्गचित्र र कार्ययोजना हुनुपर्छ । त्यो अहिलेसम्म देखिएन । सरकार दुईतिहाइ बहुमतको दुरुप्रयोग गर्दै अघि बढेको छ ।

प्रतिक्रिया