असार लाग्नासाथ ढाकारामकाे ‘हङकङको साडी’

काठमाडौँ । लोक गायक ढाकाराम पौडेलले असार लाग्नासाथ ‘हङकङको साडी’ नामक तीज गीत बजारमा ल्याएका छन् । गायक ढकाल र गायिका प्रीति आलेको संयुक्त आवाज रहेको उक्त गीतमा ढाकारामकै लय तथा शब्द सृजना रहेको छ ।

त्यस्तै दिपेश लामाले संगीत संयोजन गरेका हुन् । सोही गीतको भिडियोमा काजिश श्रेष्ठको निर्देशन रहेको छ भने सुरेश श्रेष्ठको छायंकन तथा प्रवीन भट्टले सम्पादन गरेका छन् ।

उक्त भिडियोमा निर्देशक काजिश श्रेष्ठ र सिता नेपालीको अभिनय रहेको छ । विशेष गरी तीजको वेला हिन्दु महिलाहरूका लागि हङकङको साडी बढी रोजाइमा पर्ने भएकाले सोही शीर्षकमा गीत बजारमा ल्याएको गायक ढकालले जनाए ।

तीज आउनभन्दा अगावै गीत बजारमा ल्याएर आफ्ना दर्शक स्रोतालाई मनोरञ्जन दिनुमा कलाकारको धर्म आफूले ठानेको उनले दाबी गरे ।

पूर्वदेखि पश्चिमका विभिन्न गाउँघर बनपाखामा गाइने मौलिक परिवेशका शब्द उक्त गीतमा समावेश गरिएको गायक ढकालले बताए । उनको यसभन्दा अगाडि पनि तीज गीत, लोकदोहोरी, भजन, चुट्का, लगायतका धेरै गीत सांगीतिक बजारमा भेटिन्छ । हङकङको साडी भिडियाे तल हेर्नुहोला 

प्रतिक्रिया